शिखर धवनको विकल्प ऋषभ पन्त!

0

भारतीय टिमका ओपनिङ ब्याट्सम्यान शिखर धवन घाइते भएपछि उनको ठाउँमा ऋषभ पन्त जाने भएका छन् ।

अस्ट्रेलियाविरुद्धको खेलमा घाइते भएका धवनको औंला फ्याक्चर भएको छ । जसका कारण धवन तीन साताका लागि मैदान बाहिर बस्ने छन् । अहिलेलाई तीन खेलमा खेल्न नसक्ने भनिए पनि भारतबाट ऋषभ बुधबारनै इंग्ल्याण्ड जान लागेको टाइम्स अफ इण्डियाले जनाएको छ ।

विहीबार न्यूजील्याण्डविरुद्धको खेलअघि ऋषभ इंग्ल्याण्ड पुगे पनि धवन प्रतियोगितबाट बाहिरिएको पूर्णरुपमा घोषणा नहुँदा सम्म अन्तिम १५ मा भने हुने छैनन् ।

टाइम्स अफ इण्डियाले ऋषभ इंग्ल्याण्ड जान लागेको खबर प्रकाशित गरे पनि बीसीसीआईले पुष्टि भने गरेको छैन् ।
उनी विश्वकपको स्क्वाडमा परेमा चौथो नम्बरमा ब्याटिङ गर्ने छन् ।

अहिले टिममा रहेका केएल राहुलले ओपनिङ गर्न सक्ने भएकाले पनि ऋषभले चौथो नम्बरमा ब्याटिङ गर्ने छन् ।

Post Add 1025X115
Loading...