रोनाल्डो भन्दा मेस्सीको कमाई १८ मिलियन बढी

0

बार्सिलोनाका स्टार खेलाडी लियोनल मेस्सी सर्वाधिक कमाउने खेलाडी बनेका छन् । उनले युभेन्टसका रोनाल्डोभन्दा १८ मिलियन बढी कमाई गरेका छन् ।

फोब्सका अनुसार मेस्सी एक नम्वरमा छन् भने रोनाल्डो उनलाई पछ्याउदै दोस्रो नम्बरमा छन् । मेस्सीले यो वर्ष १२७ मिलियन डलर कमाएका छन् । अजेन्टाइन फुटबलर मेस्सीले क्लवबाट ९२ मिलियन डलर कमाएका छन् भने विज्ञापनबाट ३५ मिलियन डलर कमाएका छन् ।

गत वर्ष मेस्सीले १११ मिलियन डलर कमाएका थिए । फुटवलबाट ८४ मिलियन डलर थियो भने विज्ञापनबाट २७ मिलियन थियो । उनलाई पछ्याउदै रोनाल्डोले यसवर्ष १०९ मिलियन डलर कमाएका छन् । गत वर्ष उनको कमाई १०८ मिलियन डलर थियो ।

त्यस्तै १०५ मिलियन डलर कमाईका साथ तेस्रो नम्बरमा नेयमार रहेका छन् । गत वर्ष मेस्सी दोस्रो नम्बरमा र रोनाल्डो तेस्रो नम्बरमा थिए । पहिलो नम्बरका बक्सिङका फोल्इड मेवेदर थिए । तर उनी यस वर्ष टप १०० भित्र पनि अटाउन असफल रहे ।

Post Add 1025X115
Loading...