इस्टोनियाको पोस्टमा जर्मनीको आठ गोल

0

युरो कप छनोट प्रतियोगिता अन्तर्गत समूह सीको खेलमा जर्मनीले कमजोर टिम इस्टोनियलायृ ८–० ले हराएको छ । मेइन्जमा भएको खेलमा जर्मनीलाई जित दिलाउनका लागि मार्को रियुस, सेर्जी ग्नाब्रीले दुई दुई गोल गरे भने लियोन गोरेज्का, टिमो वेर्नर, लेरोई साने र इल्के गुन्डोगानले एक एक गोल गरेका थिए ।

१०औं मिनेटमा गोलको खाता खोलेका जर्मनीले पहिलो हाफ सकिँदा पाँच गोलको अग्रता लिदएको थियो । दोस्रो हाफमा उसले थप तीन गोल ग¥यो । जितसँगै जर्मनीले समूह सीमा ९ अंक बनाएको छ । समूहमा उत्तरी आयरल्याण्ड शीर्ष स्थानमा छ ।

आयरल्याण्डले बेलारुसलाई १–० ले हराउँदै शतप्रतिशत जितको यात्रा कायम राखेको छ । बेलारुसमा भएको खेलमा आयरल्याण्डका प्याडी म्याकनाइरले ८६औं मिनेटमा गरेको गोल निर्णायक बन्दा आयरल्यण्ड विजयी भएको हो ।

Post Add 1025X115
Loading...