नुवाकाेट गाेल्डकपमा घरेलु टिमसँग पुलिस स्तब्ध

0

साविक विजेता नेपाल पुलिस क्लबलाई १–० गोलअन्तरले पराजित गर्दै घरेलु टोली नुवाकोट-११ नुवाकोट गोल्डकप फुटवलकाे फाइनलमा प्रवेश गरेकाे छ ।

नुवाकोट आर्दश बहुमुखी क्याम्पस बट्टारको मैदानमा भएकाे खेलमा पुलिसलाई हराउन विदेशी खेलाडीकाे एकमात्र गाेल निर्णायक बन्याे ।  ४० औ अफ्रिकी खेलाडी रोमियोले गाेल गर्दै टिमलाइ अग्रता दिलाएका थिए ।

निकै सुस्त खेले खेलेको पुलिसले पाएको अवसर सदुपयोग गर्न नसक्दा सेमिफाइनलमा नै रोकिएको हो ।

नुवाकोट ११ ले उपाधिका लागि शुक्रवार संकटा र च्यासल युथबीचको विजेतासँग खेल्नेछ । प्रतियोगितामा भाेली संकटा र च्यासल युथ क्लबबीच प्रतिष्पर्धा हुनेछ ।

प्रतियोगिताको विजेताले ६ लाख रुपैयाँ र उपविजेताले ३ लाख रुपैयाँ हात पार्नेछन । प्रतियोगिता आगामी ३१ गतेसम्म संचालन हुने छ ।

Post Add 1025X115
Loading...