सागमा हरीले महिला र बालगाेपालले पुरूष टिम हेर्ने

0

अखिल नेपाल फुटबल संघले महिला फुटबल टिमकाे प्रशिक्षकमा फेरी पनि हरी खड्कालाइ जिम्मेवारी दिएकाे छ । यस्तै दक्षिण एशियाली खेलकुद सागका लागि पुरूष टिमकाे प्रशिक्षकमा बालगाेपाल महर्जन चयन गरिएकाे छ।

एन्फाले दक्षिण एसियाली खेलकुद टिम, यू-१५, यू-१६, यू-१८,  धरान एकेडमी, बुटवल एकेडमी लगायत अरू पक्षका लागि पनि प्रशिक्षक चयन गरेकाे छ ।

जसमा सागको पुरुष टिमको मुख्य प्रशिक्षक बाल गोपाल महर्जन, सहायक प्रशिक्षक राजेश मानन्धर र गोलकिपर प्रशिक्षकमा मृगेन्द्र मिश्रलाई चयन गरेको छ ।

यस्तै महिला टिमको मुख्य प्रशिक्षकमा हरि खड्काले नै निरन्तरता पाएका छन । उनलाइ सहयाेग गर्नेमा प्रशिक्षकमा अरुणा गुरुङ र गोलकिपर प्रशिक्षकमा अस्मिता खवास चयन गरेको छ ।

Post Add 1025X115
Loading...