लुम्बिनी बास्केटबल भोलिदेखि

0

काठमाडौं, २८ जेठ  । लुम्बिनी एकेडेमिक कलेजको आयोजनामा तेश्रो लुम्बिनी थ्री बाइ थ्री बास्केटबल प्रतियोगिता बुधबारदेखि हुने भएको छ ।

प्रतियोगितामा ब्वाइज र गल्र्सतर्फ समान २४–२४ टिमको सहभागिता रहने लुम्बिनी कलेजका प्रिन्सिपल रविनचन्द्र कोइरालाले मंगलबार आयोजित पत्रकार सम्मेलनमा जानकारी गराए ।

नकआउट आधारमा हुने प्रतियोगिताका खेलहरु चावहिलस्थित आयोजककै कोर्टमा हुनेछ । ब्वाइजमा द ग्रेट माया र गल्र्समा आयोजक लुम्बिनी डिफेन्डिङ च्याम्पियन हुन् ।

ब्वाइज-गल्र्समा उत्कृष्ट प्रर्दशन गर्ने २–२ खेलाडीलाई प्लस टु अध्ययनका लागि ६० हजार बराबरको छात्रवृत्ति प्रदान गरिने प्रिन्सिपल कोइरालाले जानकारी दिए ।

Post Add 1025X115
Loading...