उदयपुर गोल्डकपको उद्घाटन खेलमा एपीएफ र न्यू स्टार भिड्ने

0

उदयपुर गोल्डकप आगामी जेड ३२ देखि शुरु हुने भएको छ । आयोजकले आज पत्रकार सम्मेलन गर्दै प्रतियोगिताको मिति तथा खेल तालिका सार्वजनिक गरेको हो ।

उद्घाटन खेलमा विभागीय टिम एपीएफ र सुनसरीको न्यू स्टार क्लबवीच प्रतिष्पर्धा हुनेछ । उदयपुर गोल्डकप छैठौ संस्करण खेलको प्रतिस्पर्धा थरुहट रंगशाला गाईघाटमा हुनेछ । गोल्ड कपमा ८ टिम सहभागीता रहनेछ ।

प्रतियोगितामा एपीएफ, सुनसरीको न्यू स्टार क्लब, मोरङ ट्रेनिङ सेन्टर, नेपाल पुलिस क्लब, संकटा क्लब, रुपन्देहीको गोर्खा ब्वाइज क्लब, झापा एघार र घरेलु टिम उदयपुर एघारले प्रतिष्पर्धा गर्नेछन् ।

प्रतियोगिताको विजेताले पाँच लाख जित्नेछ भने उपविजेताले तीन लाख हात पार्नेछ । यस्तै सर्वोत्कृष्ट खेलाडीलाई ५० हजार नगदबाट पुरस्कृत गरिनेछ ।

Post Add 1025X115
Loading...