दुई पाङ्ग्रेका साेखिन सन्दिपले खरिद गरे अर्काे बाईक

0

नेपाली युवा बलर सन्दिप लामिछानेले अष्ट्रेलियाबाट फर्किएको दोस्रो दिन नै नयाँ मोटरसाइकल खरिद गरेका छन । यसअघि करीव नौ लाख पर्ने बिएमडब्लु खरिद गरेका सन्दिपले आफ्नो बाईकको सूचीमा अर्को कम्पनीको बाईक थपेका छन ।

सन्दिपले आज (मंगलबार) बुलेट कम्पनीको सो रुपमबाट तीन सय ५० सीसीको क्लासिक गन मोडलको बुलेट बाइक खरिद गरेका छन । मेटल ग्रे कलरमा रहेको यो बाईकको नेपाली बजारमा ५ लाख १५ हजार रुपैया पर्छन ।

अष्ट्रेलिया तीन साता बसेर फर्किएको अर्को दिन नै बाईकका सौखिन सन्दिपले आफ्ना लागि तेस्रो वाई खरिद गरेका हुन । उनले यसअघि बिएमडब्लु कम्पनीको ३१० आर मोडलको ३१३ सिसीको उक्त बाइकको नेपाली बजारमा ९ लाख ७५ हजार रूपैयाँ पर्छ।

उनीसँग टाटाले दिएकाे नेक्सस कारपनि रहेकाे छ । माेटरसाइकलमा धेरै चाहना राख्ने सन्दिपले अागामी दिनमा अर्काे पनि बाइक खरिद गरेमा अचम्म नमाने हुन्छ ।

Post Add 1025X115
Loading...