भलिबलको बन्द प्रशिक्षण शुरु, विदेशी प्रशिक्षक पनि आउँदै

0

काठमाडौं, २८ जेठ । पुरुष राष्ट्रिय भलिबल टिमले मंगलबारदेखि बन्द प्रशिक्षण सुरु गरेको छ ।

आठौं राष्ट्रिय खेलकूदमा गरेको प्रदर्शनका आधारमा भलिबल संघको खेलाडी छनोट समितिले २५ जना खेलाडी छनोट गरेको थियो । यसपटक प्रारम्भिक २५ मा स्पाइकर मानबहादुर श्रेष्ठ भने टिममा परेका छैनन् ।

त्रिभुवन आर्मी क्लबका यी खेलाडीले पटक पटक अनुसासन उल्लंघन गरेका कारण टोलीबाट निकालिएको नेपाल भलिबल संघले यसअघि जनाएको थियो । तर उनी विभागीय टिमबाट हालै सम्पन्न प्रधानसेनापति कप राष्ट्रिय भलिबलमा खेलेका थिए ।

एशियन सेन्ट्रल जोन पुरुष भलिबल प्रतियोगिता साउन ३२ देखि काठमाडौंमा हुँदैछ । त्यसका लागि प्रारम्भिक २५ खेलाडीहरु यस प्रकार छन् ।

धनबहादुर भट्ट
विशाल विक,
कुलबहादुर थापा
राजेन्द्र विष्ट
योगेन्द्र गुरुङ
टेकराज अवस्थी
दुर्गाबहादुर सुनार
सारान समरी
हरिबहादुर अधिकारी
दुर्गा खड्का
द्वारिका थापा
दिपक राज जोशी
भैरव बम
सुरेन्द्र बम
नरेन्द्र गिरि
राजु शेरचन
राजकुमार निरौला
रविन चन्द
ईमबहादुर मगर (कप्तान)
हरिहजुर थापा
दुर्गा महतो
सुजन चोखाल
विनोद बहादुर चन्द
भिम गाहा मगर
इश्वर थापा मगर

यी खेलाडीबाट अन्तिम सूची तयार पार्ने जनाइएको छ । बन्द प्रशिक्षणको मंगलबार आर्मी शारीरिक तालिम तथा खेलकुद केन्द्रमा परिचात्मक कार्यक्रम मात्रै आयोजना गरियो ।

सोमबार मात्रै प्रधानसेनापति कपको फाइनल सकिएकाले मंगलबारदेखि बन्द प्रशिक्षणमा शुरु गरिएको हो । सो अबसमा नेपाली टिमका कप्तान इम मगरले प्रशिक्षण गर्नका लागि लामो समय रहेकाले नेपालले राम्रो नतिजा निकाल्ने विश्वास व्यक्त गरे ।

एशियन सेन्ट्रेल जोन पुरुष भलिबल प्रतियोगिताका लागि नेपाली राष्ट्रिय टिमको प्रशिक्षकका रुपमा विदेशी प्रशिक्षक आउने भएका छन् ।

अन्तराष्ट्रिय भलिबल महासंघ (एफआइभीभी) ले नेपालका लागि नेदरल्याण्ड्सका पूर्व खेलाडी तथा प्रशिक्षक हान एबिङलाई नेपाल पठाउन लागेको हो । उनी तीन महिनाका लागि असार चार गते नेपाल आई पुग्नेछन् ।

नेपाल भलिबल संघको पहलमा डच प्रशिक्षक हान पहिलो पटक नेपाली भलिबलको प्रशिक्षकका रुपमा आउन लागेका हुन । २५ बर्ष लामो प्रशिक्षकको अनुभव बटुलेका हानले सात बर्ष डच भलिबल टिमको प्रशिक्षकका रुपमा काम गरेका थिए । उनले १९९७ देखि २००४ सम्म डच भलिबल टिमको प्रशिक्षकका रुपमा काम गरेका थिए ।

 

Post Add 1025X115
Loading...