यू-१८ फुटबलकाे उद्घाटनमा एनआरटी र च्यासल खेल्ने, आर्मी, थ्री स्टार र मनाङ एकै समुहमा

0

अखिल नेपाल फुटबल संघकाे अायाेजनामा हुन लागेकाे ललीत स्मृती यू-१८ फुटबल प्रतियाेगिताकाे उद्घाटन खेलमा एनआरटी र च्यासलबीच प्रतिस्पर्धा हुने भएकाे छ ।

एन्फाले सार्वजनिक भएको खेल तालिका अनुसार उपाधिका दावेदार मानिएका आर्मी, थ्री स्टार र मनाङ–मस्र्याङ्दी क्लब एकै समूहमा परेका छन ।  यो समूहमा नेपाल एपीएफ र फ्रेन्डस् क्लब पनि छन् ।

समूह ‘ए’ मा हिमालयन शेर्पा क्लब, न्युरोड टिम (एनआरटी), संकटा, मछिन्द्र क्लब र च्यासल युथ क्लब रहेका छन् । समूह ‘सी’ मा नेपाल पुलिस क्लब, ब्रिगेड ब्वाइज क्लब, सरस्वती युवा क्लब र जावलाखेल युथ क्लब रहेका छन् ।

प्रतियोगितामा ‘ए’ डिभिजनका १४ टोलीका १८ वर्ष मुनिका टिमको सहभागिता रहेको छ । २९ जेठबाट शुरु हुने प्रतियोगिता ३१ असारसम्म हुनेछ ।

लिग कम नकआउटका आधारमा सञ्चालन हुने प्रतियोगिताको तीन समूह विजेता र उपविजेता तथा दुई उत्कृष्ट तेस्रो टोलीले क्वाटरफाइनलमा स्थान बनाउनेछन् ।

Post Add 1025X115
Loading...