राखेपकाे आर्थिक प्रमुखमा पोखरेल

0

काठमाडौं, जेठ २७ गते । राष्ट्रिय खेलकुद परिषद् (राखेप) अन्तर्गत आर्थिक प्रशासन शाखा प्रमुखको जिम्मेवारी ऋषीराम पोखरेलले पाएका छन् ।

२०५३ साल आसोज ४ गते राखेपमा सेवा प्रवेश गरेका पोखरेल लामो समयदेखि आर्थिक प्रशासन शाखामै थिए । यसअघिका प्रमुख कपिलमणि पोखरेलले उमेर हदका कारण अनिवार्य अवकास पाएपछि आर्थिक प्रशासन शाखाको पद रिक्त थियो ।

दुवैलाई सोमबार एक कार्यक्रमबीच आर्थिक प्रशासन शाखाका कर्मचारीलगायतले बिदाइ र स्वागत गरेका थिए ।

Post Add 1025X115
Loading...