एन्फाबाट नविन पाण्डेले दिए राजीनामा (पत्रसहित)

0

काठमाडौं, २७ जेठ ।  अखिल नेपाल फुटबल संघ एन्फाको अन्तर्राष्ट्रिय सम्बन्ध तथा सल्लाहकार समितिका संयोजक नविन पाण्डेले पदबाट राजीनामा दिएका छन् ।

वर्तमान अध्यक्ष कर्माछिरिङ शेर्पा एन्फामा निर्वाचित भएपछि बनाएका बिभिन्न समिति मध्ये महत्वपूर्ण मानिएको अन्तर्राष्ट्रिय समबन्ध तथा सल्लाहकार समितिका संयोजक रहेका पाण्डेले आजैदेखि लागूहुने गरि पदबाट राजीनामा दिएको घोषणा गरेका हुन् ।

एक विज्ञप्ति प्रकाशित गरि पाण्डेले आफूलाई सहयोग गर्ने सबैलाई धन्यवाद दिएका छन् । उनले एन्फामा काम गर्दा अझ नजिकबाट नेपाली फुटबललाई बुझ्ने मौका पाएको भन्दै आगामी दिनमा पनि सधैं साथ रहने उल्लेख गरेका छन् ।

उनको नियुक्ति भएपछि गैर आवसिय नेपालीलाई एन्फाको सल्लाहकार बनाएको भन्दै नेतृत्वको आलोचना भएको थियो ।

Post Add 1025X115
Loading...