प्रधानसेनापति राष्ट्रिय पुरुष भलिबलको लगातार चौथो उपाधि त्रिभुवन आर्मीलाई

0

ललितपुर, २७ जेठ । प्रधानसेनापति राष्ट्रिय पुरुष भलिबल प्रतियोगिताको उपाधि त्रिभुवन आर्मी क्लबले जीतेको छ । आर्मीले गण्डकी प्रदेशलाई ३–१ को सेटमा पराजित गर्दै उपाधि हात पारेको हो ।

सेमिफाइनलमा बलियो टिम एपीएफलाई निराश बनाएको गण्डकीले पहिलो सेटमा आर्मीमाथि पुरै हावी भएको थियो । २५–१६ ले पहिलो सेट आफ्नो पक्षमा पार्दै भलिबलमा विभागीय दबदबा तोड्ने संकेत गरेको थियो । तर लगातार पछिल्ला तीन सेटमा भने गण्डकीले सोँचेजस्तो प्रदर्शन गर्न सकेन ।

पहिलो सेट गुमाएको आर्मीले दोस्रो सेटमा उत्कृष्ट पुनरागमन गर्न सफल भयो । आर्मीले २५–८ ले दोस्रो सेट जीतेपछि एक–एकको बराबरी गरेको थियो । दोस्रो सेटमा पनि आर्मीनै गण्डकी माथि हावी भयो ।

 

आर्मीले २५–१० ले गण्डकीलाई निराश बनाएको थियो । चौथो सेटमा आर्मीले २५–१६ को जीत निकाल्दै लगातार चौथो पटक प्रधान सेनापति कप पुरुष भलिबलको उपाधि जित्न सफल भयो । विजेतासँगै आर्मीले ३ लाख रुपैयाँ पुरस्कार प्राप्त गर्दा उप विजेता भएकाे गण्डकी प्रदेशले १ लाख ७५ हजार र तेस्राे भएकाे नेपाल पुलिस क्लबले ७५ हजार पाएकाे छ ।

Post Add 1025X115
Loading...