दाईलाई किनेको ब्याटबाट क्रिकेट सिकेका विनोद भण्डारी (भिडियो अन्तर्वार्ता)

0

विनोद भण्डारी यो नाम नेपाली क्रिकेटमा पहिचान बनाइसकेको नाम हो । पछिल्लो १० बर्षदेखि राष्ट्रिय टिमबाट खेलिरहेका विनोदको खेलाडीको ग्राफ निकै उताडचडावपुर्ण रहेको छ ।

सन् २००९ मा भएको एसीसी टी–२० कपमा कुवेत विरुद्धको खेलबाट डेब्यु गरेका विनोदले पहिलो खेलमा नै आफुभित्र क्षमता भएको प्रमाणित गरेका थिए । कुवेत विरुद्ध अन्तिम दुई बलमा सात रन जित्न आवश्यक रहेका बेला छक्का प्रहार गरेर खेललाई बराबरीमा पुर्याएका थिए ।

यस्तै २०१३ मा युएई विरुद्धको सेमिफाइनल खेलमा अन्तिममा दुई छक्का प्रहार गरेपछि नेपाल प्रतियोगिताको फाइनलमा पुगेको थियो । जसमा विनोदको निकै तारिफ भएको थियो ।

सुदुरपश्चिमको कञ्चनपुरमा जन्मिएका विनोदले राष्ट्रिय टिमसम्म पुग्दा गरेको संघर्ष, राष्ट्रिय टिममा परेपछि पनि नियमित स्थान बनाउन भोग्नुपर्ने चुनौती र हाल विभागिए टिम त्रिभुवन आर्मीका कप्तान समेत रहेका विनोदसँग हामीले गरेको रोचक अन्तर्वार्ता हेरौ

Post Add 1025X115
Loading...