दक्षिण अफ्रिका विरुद्द वेष्ट इन्डिज टस जितेर बलिङमा

0

आइसीसी एकदिवसीय विश्वकप क्रिकेटमा अहिले वेष्ट इन्डिज र दक्षिण अफिका खेलिरहेका छन । जसमा वेष्ट इन्डिजले टस जितेर पहिले बलिङ गर्ने निर्णय गरेको छ ।

आज वेष्ट इन्डिज टिममा दुई जना खेलाडी परिवर्तन गरिएको छ । जसमा इभिन लुइस र आन्द्रे रसेललाई आराम दिइएको छ भने डारेन ब्राभो र केमर रोचलाई टिममा राखिएको छ ।

यस्तै दक्षिण अफ्रिकन टिममा एडीन मार्करम र बिउरन हेन्डरीकलाई टिममा राखिएको छ ।

राउण्ड रोविन प्रणालीमा जारी १० टोली सम्मिलित विश्वकपको सेमिफाइनलमा पुग्ने आशा जीवितै राख्न दक्षिण अफ्रिकाले आजको खेल जित्नैपर्नेछ ।

सुरुआती २ खेलमा जित हासिल गरी अष्ट्रेलियासँग पराजित भएपछि वेष्ट इण्डिजका लागि पनि दक्षिण अफ्रिकाबिरुद्ध पुनरागमनको अवसर हुनेछ ।

दक्षिण अफ्रिका आफ्नो अनिश्चित ब्याटिङलाइन, अनुभवी फाष्ट बलरहरु फिट नहुनुको चोट ब्यहोरिरहेको छ । निकै नै आक्रामक वेष्ट इण्डिजको बलिङको सामना गर्न दक्षिण अफ्रिकाका ब्याट्सम्यानहरुले आफ्नो स्तर बढाउनुपर्नेछ ।

साउथह्याम्प्टनको मौसम दिनभर बदली रहने अनुमान गरिएको छ । अपराह्नको समयमा वर्षा पनि हुन सक्छ ।

Post Add 1025X115
Loading...