आर्मीकाे दबदबाकाे अन्त्य गर्ने लक्ष्यमा गण्डकी प्रदेश

0

प्रधानसेनापति राष्ट्रिय पुरुष भलिबल प्रतियोगिताको उपाधिका लागि त्रिभुवन आर्मी क्लब र गण्डकी प्रदेश खेल्दैछन । 

आइतबार हुने भनिएकाे फाइनल सार्वजनिक विदाको कारण साेमबारका लागि सरेकाे हाे ।

साविकको विजेता समेत रहेको आर्मी लगातार चौंथो पटक उपाधि जित्ने लक्ष्यमा रहेकाे छ । उसले सेमिफाइनलमा नेपाल पुलिस क्लबलाई ३-१ को सेटमा हराएकाे थियाे भने पहिलो पटक फाइनल पुगेको गण्डकी आर्मीलाई स्तब्ध बनाएर उपाधि जित्ने लक्ष्यमा छ ।

उसले सेमिफाइनलमा बलियो टिम एपीएफ क्लबलाई ३-१ को सेटमा पाखा लगाएकाे थियाे ।

प्रतियोगिताको विजेताले तीन लाख, उपविजेताले १ लाख ५० हजार हात पार्नेछन ।

यस्तै प्रतियोगिताको सर्वोकृष्ट खेलाडीले पल्सर बाइक तथा व्यक्तिगत विधातर्फ उत्कृष्ट स्पाइकर, ब्लकर, डिफेन्डर, लिफ्टर, सर्भर र प्रशिक्षकले जनही १० हजार रुपैयाँ प्राप्त गर्ने छन्।

Post Add 1025X115
Loading...