नाडालकाे फ्रेन्च ओपनकाे उपाधिमा ह्याट्रिक, करियरमा १८ औ ग्राण्डस्लाम

0

स्पेनीस खेलाडी रफायल नाडालले फ्रेन्च ओपन टेनिसको उपाधि जितेका छन । करियरको १८ औं ग्राण्डस्लामको उपाधि जितेका नाडालको यो १२ औं फ्रेन्च ओपनको उपाधि हो ।

पेरीसमा भएको खेलमा नाडालले डोमिनीच थिमलाई तीन एकको प्रतिस्पर्धात्मक सेटमा हराए । फ्रेन्च ओपनमा ह्याट्रिक गर्ने क्रममा नाडालले डोमिनीच विरुद्ध पहिलो सेट छ तीनले जितेका थिए भने दोस्रो सेट पाँच सातले हारेका थिए । त्यसपछि लगातार दुई सेट छ एक र छ एकले जित्दै उपाधि उचाले ।

नाडाल विरुद्ध फाइनल खेलको डोमिनीचले यो प्रतियोगितामा लगातार चार दिनमा चार खेल खेलेका थिए । जसको असर उनको खेलमा पनि देखियो । दोस्रो सेट संघर्षका साथ जितेपछि बाँकि तीन सेटमा भने उनी फतिलो देखिए ।

यो उपाधिसँगै नाडालले करियरमा ग्राण्डस्लामको संख्या १८ पुर्याएका छन । उनी भन्दा अगाडी स्विस खेलाडी रोजर फेडररको २० रहेको छ भने नोभाक जोकोभिचको ग्राण्डस्लामको उपाधि १५ रहेको छ ।

साथै नाडाल धेरैपटक फ्रेन्च ओपनको उपाधि जित्ने खेलाडी समेत बनेका छन ।

Post Add 1025X115
Loading...