बलले स्टम्पमा लाग्दापनि विकेट नगएपछि…भिडियाे

0

इंग्ल्याण्ड र वेल्समा जारी आइसीसी विश्वकप क्रिकेटमा अनौठो घटना भएको छ । ब्याट्सम्यानको ब्याटमा लागेर स्टम्पमा जोड्ले लाग्दा पनि बेल नझर्दा सबै अचम्ममा परेका छन ।

यो विश्वकपमा दोस्रो पटक भएको यो घट्नाले सबैलाई अचम्मीत पारेको छ । जसप्रित बुम्राको बललाई डिफेन्स गरेका ओपनर डेविड वार्नरको ब्याटमा लागेर स्टम्पमा जोड्ले लाग्दापनि नत स्टम्पमा रहेको बेल नै झर्यो, नत स्टम्पमा जडिएको सेन्सरसहितको लाइट नै बल्यो । जसले गर्दा बलर बुम्रा अचम्ममा मात्र परेनन्, वार्नरले लाइफ पनि पाए ।

अहिलेको क्रिकेटमा बलले स्टम्प छोएको हो की होइन चाँडो थाहा पाउन स्टम्प र बेल विशेष किसिमले बनाइएको छ । बल वा कुनैपनि चिजले यो स्टम्पमा छोएमा रातो बत्ति बल्ने गर्छ । तर वार्नरको ब्याटबाट गएको बल आवाज आउनेगरि लाग्दा पनि केहि नभएपछि सबै अचम्ममा परेका छन ।

 

https://www.cricketworldcup.com/video/1240120

Post Add 1025X115
Loading...