पल्सर स्पोर्टस अवार्डमा गोल्डस्टारको सह-प्रयोजन

0

पल्सर स्पोर्टस अवार्डका लागि किरण शु म्यानुफ्याक्चरले सह-प्रायोजन गर्ने भएको छ । आज एक कार्यक्रममा किरण शुजकी निर्देशक विधुषी राणा र नेपाल खेलकुद पत्रकार मञ्चका अध्यक्ष दुर्गानाथ सुवेदीले सम्झौता पत्रमा हस्ताक्षर गरे ।

एक वर्षका लागि भएको यो सम्झौता अनुशार किरण शुजले नगद र जिन्सी गरेर करिव एघार लाख प्रदान गर्नेछ । जसमा आठ लाख नगदमा र करिव तीन लाख बराबरको जिन्सी रहेको छ । अवार्डका लागि मनोनयनमा परेको खेलाडीलाई दिइने गिफ्ट ह्याम्पर किरण शुजले उपलब्ध गराउनेछ ।

अवार्डको १६औं संस्करण आगामी असार १७ मा हुनेछ ।

Post Add 1025X115
Loading...