महिला बिगब्यास लिगमा चर्चित नाम अब टेनिसमा चम्कियाे

0

फ्रेन्च ओपनमा महिलातर्फ यसपटक नयाँ विजेता निस्किइन । शिर्ष १० मा रहेका खेलाडी सेमिफाइनलसम्म पुग्दा एकपछि अर्के रुपमा आउट हुँदै गए । यस्ताेमा अनुमान लगाइएकाे थियाे की नयाँ खेलाडीले यसपटककाे फ्रेन्च ओपनकाे उपाधि जित्छ भने । हुन पनि त्यस्तै भयाे । यसपटककाे फ्रेन्च ओपन जित्ने खेलाडी टेनिस भन्दा अगाडी क्रिकेटमा पनि अब्बल खेलाडी रहेकाे भन्दा अचम्म लाग्नसक्छ ।

हाे अष्ट्रेलियाकी एस्लेइघ बार्टीकाे करियरकाे सुरुवात टेनिसबाट भएकाे भएपनि पछि उनले क्रिकेटमा पनि आफुलाइ प्रमाणित गरेकी थिइन ।

सानो उमेरमै टेनिस खेल्न सुरुवात गरेकी बार्टीले टेनिसबाट ब्रेक लिएर क्रिकेट खेलिन्। सन् २०१४ मा टेनिस छाडेर क्रिकेट रोजेकी उनले १७ महिनापछि नै क्रिकेटलाई छाेडेर फेरि टेनिसमै फर्किइन्। २०१४ मा युएस ओपन खेलेपछि उनले टेनिसबाट ब्रेक लिदै क्रिकेट रोजिन ।

जसमा उनले अष्ट्रेलियन वुमन्स विग बाग लिग समेत खेलिन्। पहिलो सिजनमा ब्रिसबेन हिटबाट खेलेकी खेलेकी बार्टीले पहिलाे खेलमा नै ३९ रन बनाएकी थिइन । उनी क्रिकेटमा राम्रै गरिरहेकाे भएपनि अचानक क्रिकेट छाेडेर फेरी टेनिसमा फर्किइन । यसकाे मुख्य कारण उनमा फिटनेस र टेनिस कला यति छ की उनले आफुलाइ काेर्टमा उतारेकाे एक महिनामा नै राम्राे लयमा ल्याइन ।

क्रिकेटमा अष्ट्रेलियामा ब्रेककाे सिजन हुँदा उनी टेनिस खेल्ने गर्थिन । यस्तैमा यसपटक उनले क्रिकेटबाट फेरी टेनिस खेल्ने निधाे गरिन र त्यसकाे नतिजा सबैमाझ छ । बार्टीले यस वर्षको फ्रेन्च ओपन टेनिसको उपाधि जित्दै नयाँ इतिहास पनि बनाइन ।

बार्टी सन् १९७३ पछि रोनाल्ड गारोसमा जित्ने पहिलो अष्ट्रेलियन खेलाडी बनिन्। १९७३ मा मार्गेट कोर्टले उपाधि जितेकि थिइन्।फ्रेन्च ओपनको उपाधि जित्ने क्रममा २३ वर्षीय वार्टीले चेक रिपव्लिककी १९ वर्षीय मार्केटा भन्ड्रोउसोभालाई  ६-१, ६-३ ले सहजै हराइन्।

बार्टीले पहिलो पटक ग्राण्ड्सलामको उपाधि जितेकी हुन्। फ्रेच्न ओपन जितेपछि उनकाे प्रतिक्रिया पनि निकै चाख लाग्दाे थियाे । उनले भनेकी थिइन – ‘म निशब्द छु। यो दुई साता क्रेजी रह्यो।मैले जे उपलब्धी हात पार्न सकेँ त्यसमा म एकदमै प्राउड छु।’

अष्ट्रेलियाकाी सामन्था स्टोसर सन् २०१० को फ्रेन्च ओपन फाइनलमा पुगेकी थिइन्। २०११ मा युएस ओपन जितेकी स्टवसर नै पछिल्लो पटक ग्राण्डस्लाम जित्ने अष्ट्रेलियन खेलाडी हुन्। उनले बार्टीलाई बधाई समेत दिएकी छन्। उनलाइ बधाइ दिनेकाे ओइराे लागेकाे छ । टेनिस खेलाडीले मात्र हाेइन क्रिकेटमा उनकाे साथीले पनि उनलाइ साेसियल मिडियामा बधाइ दिएका छन ।

 

Post Add 1025X115
Loading...