चितवन च्याम्पियनसिपमा नारायणगढ फुटबल क्लब विजयी

0

चितवन च्याम्पियनसिप अन्तर्गत शनिबारको खेलमा नारायणगढ फुटबल क्लब विजयी भएको छ ।

निर्धारित ९० मिनेटमा दुवै टिमले एक एक गोल गरेपछि खेलको नतिजा पेनाल्टी सुटआउट बाट निकालिएको थियो । जसमा नारायणगढ फुटबल क्लब सफल भएको हो । पहिलो हाफमा नारायणगढ फुटबल क्लबका रमेश गडतौलाले गोल गर्दै सुरुआती अग्रता दिलाएका थिए । दोस्रो हाफमा राप्ती रिभर फुटलब क्लबका कप्तान मिलन लामाले एक गोल गरेपछि प्रतियोगिता पेनाल्टी सुटआउटमा पुगेको थियो ।

पेनाल्टी सुटआउटमा नारायणढ फुटबल क्लबले ४ गोल गर्दा राप्ती रिभर फुटबल क्लबले २ गोल मात्रै गरेपछि नारायणगढ फुटबल विजयी बन्यो । नारायणगढ फुटबल क्लबका रुमेश बर्तौला म्यान अफ दी म्याच भए । प्रतियोगिता अन्तर्गत आइतबार युनिक फुटबल क्लब भरतपुर र जुनियर प्रहरी अधिकृत शिक्षालय भरतपुरबीच प्रतिस्पर्धा हुनेछ ।

प्रतियोगिताको विजेताले तीन लाख रुपैयाँ नगद तथा उपविजेताले एक लाख ५० हजार रुपैयाँ प्राप्त गर्ने छ । तेस्रो हुने टिमलाई ५० हजार रुपैयाँ पुरस्कारको व्यवस्था गरिएको जनाइएको छ ।

Post Add 1025X115
Loading...