जाेकाेभिचलाई हराउदै डोमिनिच फ्रेन्च ओपन टेनिसको फाइनलमा

0

सर्वियन खेलाडी नोभाक जोकोभिचलाई हराउदै डोमिनिच थिम फ्रेन्च ओपन टेनिसको फाइनलमा प्रवेश गरेका छन । उनले जोकोभिचलाई तीन दुईको सेटमा पराजित गरे ।

शुक्रबारका लागि तोकिएको खेलमा बर्षाले प्रभावित भएपछि आजका लागि सारिएको थियो । शुक्रबार रद्द हुँदा खेलमा जोकोभिच एक एक सेटको अवस्थामा रहेका थिए । तर खेल पुरा नभएपनि आजका लागि सार्दा जोकोभिच तेस्रो सेटमा पराजित भए । जोकोभिचले पहिलो सेटमा ६–२ ले पराजित भएका थिए ।

तर दोस्रो सेटमा खेलमा फर्किएका जोकोभिच ६–३ ले विजयी भए । तर तेस्रो सेटमा फेरी सात पाँचले हारेका जिकोभिचले चौथो सेट सात पाँचले आफ्नो पक्षमा पार्दे खेल दुई दुई सेटमा पुर्याए । पाँचौ तथा अन्तिम सेटमा जोकोभिच विरुद्ध उत्कृष्ट खेल्दै डोमिनिचले सात पाँचले जिते र फाइनलमा स्थान बनाए ।

अब उनले आइतबार हुने फाइनल स्पेनीस खेलाडी रफायल नाडालसँग खेल्नेछन । यसका साथै उनले जोकोभिचको ग्राण्डस्लाममा २६ खेलको पराजित यात्रामा पनि पुर्ण विराम लगाएका छन ।

Post Add 1025X115
Loading...