उमेशले नेपाली क्रिकेटरलाई राम्रोसँग चिन्छन् ‘आशा गरौं नतिजा राम्रो आउँछ’ : जगत टमाटा (कुराकानी)

0

काठमाडौं, २४ जेठ । नेपाली क्रिकेट टिममा जगत टमाटाको योगदान ठूलो छ । उनले खेलाडीहुँदै प्रशिक्षकसम्मको भूमिका निर्वाह गरेका छन् । उनी प्रशिक्षक भएकै बेला नेपालले एक दिवसीय मान्यता पाएको छ ।

४ वर्षका लागि एक दिवसीय मान्यता पाएको नेपाली क्रिकेट टिमलाई यो मान्यतालाई अझै लम्ब्याउने चुनौती त छँदै छ, साथ साथै विश्वस्तरमा बढ्दो प्रतिस्पर्धामा खरोरुपमा उत्रन विदेशी प्रशिक्षकको पनि आवश्यकता महशुस गरेर हालै आईसीसीले उमेश पटवाललाई नेपाली क्रिकेट टिमको प्रशिक्षक बनाएर पठाएको छ ।

नेपाली क्रिकेटको नियमक निकाय क्यान अहिले निलम्बनमा रहेकाले आईसीसीले प्रत्यक्षरुपमा राखेपसँग समन्वय गरेर नेपाली क्रिकेटलाई चलायमान बनाएको छ ।

यसअघि जगत गुरुले नेपाली क्रिकेट टिमको प्रशिक्षणको नेतृत्व गर्दै आएकोमा पटवाल आएपछि नेपाली क्रिकेट अझै माथि जानेमा नेपाली क्रिकेट समर्थकहरु आशावादी रहेका छन् । यसबीचमा अब जगत गुरुको काम के त भन्ने प्रश्न पनि उव्जीएको छ ।

यस विषयमा राखेपका सदस्य सचिव केशबकुमार विष्टले जगत गुरुलाई युवा खेलाडी तयार पार्ने जिम्मा दिने संकेत गरेका थिए भने नवनियुक्त प्रशिक्षक पटवालले पनि टमाटाको सहयोग आफूलाई अपरिहार्य रहने बताइसकेका छन् ।

साथै जगत टमाटा राखेपका चिफ कोचको जागिरमा पनि रहेकाले उनको भूमिका नेपाली क्रिकेटको विकासमा सधैं खोजी हुने पक्का नै छ । नेप्लेज डटकमले उनै जगत गुरुसँग विगत तीन वर्षमा नेपाली क्रिकेटलाई नजिकबाट नियाल्दा के पाउनु भयो र अबको बाटो कस्तो छ र तपाईको भूमिका के हुने भन्ने सेरोफेरोमा रहेर कुराकानी गरेको छ । हेरौं टमाटासँग गरिएको यो भिडियो कुराकानी ।

 

Post Add 1025X115
Loading...