नाडाल फ्रेन्च ओपनकाे फाइनलमा

0

स्पेनीस खेलाडी रफायल नाडाल फ्रेन्च ओपन टेनिसको फाइलनमा प्रवेश गरेका छन ।

चिरप्रतिद्धन्द्धी स्विस खेलाडी रोजर फेडेररलाई तीन शुन्यको सोझो सेटमा हराउदै फाइनलमा प्रवेश गरे । साविक विजेता समेत रहेका नाडाल उपाधि रक्षा गर्ने अभियानमा रहेका छन ।

नाडालले फेडेररलाई ६–३, ६–४ र ६–२ को सेटमा पराजित गरे । ११ पटकका च्याम्पियन नाडालले यो प्रतियोगिताको उपाधिमा ह्याट्रिक गर्ने लक्ष्यमा रहेका छन ।

Post Add 1025X115
Loading...