चेक गणतन्त्रकी मारकेटा फ्रेन्च ओपनकाे फाइनलमा

0

बेलायती खेलाडी जोनाथन कोन्टा फ्रेन्च ओपन टेनिसको सेमिफाइनलबाट बाहिरीएका छन । चेक गणतन्त्रकी मारकेटा भोन्ड्रोसोभासँग दुई शुन्यको सहज सेटमा पराजित भइन ।

विश्व बरियतामा २६ औं स्थानमा रहेकी कोन्टा मारकेटासँग ७–५ र ७–६ को सेटमा पराजित भइन । २८ बर्षे कोन्टा दुबै सेटमा कमजोर बनिन । अब उपाधिका लागि मारकेटाले अष्ट्रेलियन खेलाडी एस्लेघ बार्टेसँग खेल्नेछिन ।

मारकेटाले यो प्रतियोगितामा एक सेट पनि नहारेर फाइनलमा पुग्ने २००७ पछिकी पहिलो महिला खेलाडी बनेकी छिन । सो बेला सर्वियाकी एना इभानोभिचले एक सेट पनि नगुमाई फाइनलमा पुगेकी थिइन ।

Post Add 1025X115
Loading...