महेन्द्रसिंह धोनीकाे पञ्जा प्रकरणमा आईसीसी भन्दा बीसीसीआई कडा !

0

विगतमा ‘कुल क्याप्टेन’ को छवी बनाएका विकेटकिपर ब्याट्सम्यान महेन्द्रसिंह धोनी अहिले भारती कप्तान विराटका महत्वपूर्ण सेना हुन् । उनी अहिले अन्तिम विश्वकप खेल्दैछन् ।

धोनी विश्वका सफल कप्तान मध्यमा पर्छन् । कमैमात्रामा विवादमा आउने खेलाडीको रुपमा रहेका धोनी पछिल्लो पटक भने विश्वकपमा शुरुदेखि नै विवादमा तानिएका छन् । पाँच तारिखमा दक्षिण अफ्रिकाविरुद्धको खेलसँगै भारतले जारी विश्वकपको सुरुआत गरेको छ ।

उक्त म्याचमा धोनीले लगाएको विकेट किपिङ ग्लोब्स ‘पञ्जा’का कारण विवादमा परे । ४० औं औभरमा उनले युजबेन्द्र चहलको बलिङमा स्टम्पिङ गरेपछि उनको पञ्जाको चर्चा शुरु भएको हो । शुरुमा सामाजिक सञ्जाल मार्फत शुरु भएको वहलमा आहिले आईसीसी र विसीसीआईका साथै भारतका खेलकूदमन्त्री र पाकिस्तान समेत जोडिन आइपुगेका छन् । सामाजिक सञ्जालमा चर्को बहस हुन थालेपछि आईसीसीले धोनीलाई पञ्जामा भएको चिन्ह हटाउन भनेको थियो । यस विषयमा धोनीले केही नभने पछि सवैले आ आफ्नो तर्क राखेका छन् ।

धोनीको पञ्जामा के छ ?
विश्वकप अन्तर्गत दक्षिण अफ्रिकाविरुद्धको खेलमा धोनीले भारतीय सेनाको बलिदान अंकित पञ्जा लगाएका थिए । सो लोगो पारा स्पेसल फोर्सको हो । उनको पञ्जामा रहेको सो चित्र फेलुकवायोलाई स्टम्पिङ गर्दाको रिप्लेमा देखिएको थियो । लोगोमा देवनागरी लिपीमा ‘बलिदान’ लेखिएको छ । यस्तो लागो पारामिलिटरी कमान्डोलेमात्र लगाउन सक्छन् । धोनीलाई सन् २०११ मा यो रेजिमेटको मानार्थ लिउटिनेन्ट कोलोनील पदवी दिइएको थियो ।

आईसीसीको नियममा के छ?
आईसीसीले जर्सी तथा खेल सामग्रीहरुमा कुनै प्रकारको राजनीतिक, धार्मिक वा जातिय सन्देस दिने खालका चिन्हहरु राख्न पाइदैन् ।

आईसीसी भर्सेज बीसीसीआई
आईसीसीले बीसीसीआईलाई भनेर धोनीको पञ्जामा रहेको चिन्ह हटाउन भन्यो । तर बीसीसीआईले यो विवाद सल्टाउन सीईओ राहुल चौधरी इंग्ल्याण्ड जाने भएका छन् । त्यहाँ उनले आईसीसीसँग छलफल गर्ने छन् ।
यसअघिनै बीसीसीआईका सीओ कमिटिका अध्यक्ष विनोद रायले आईसीसीलाई पत्रमार्फत जवाफ पठाएका बताएका थिए । उनले भनेका थिए ‘पत्रबारे चाँडै निर्णय हुन्छ ।’ उनले धोनीलाई यो पञ्जा लगाउन बाट रोक नलगाउने आश्वासन पाएको पनि बताएका छन् । यो लोगो धार्मिक नभई व्यापारिक रहेको दावी पनि बीसीसीआईले गरेको छ ।

भारतीय मिडियाको दलिल!
महेन्द्रसिंह धोनीको पञ्जाको प्रकरण सार्वजनिक भएपछि भारतीय सञ्चारमाध्यमहरुले पनि पाकिस्तानी खेलाडीले नमाज पढेको फोटो राखेर समाचार प्रकाशित गरेका छन् । विभिन्न भारतीय सञ्चारमाध्यमहरुले ३० मार्च २०११ को फोटो सार्वजनिक गरेका हुन् । त्यतिबेला भारतविरुद्धको खेल अघि पाकिस्तानी खेलाडीले मैदानमै नमाज पढेका थिए ।

Post Add 1025X115
Loading...