एशियन सेन्ट्रल जाेनल भलिबल साउन ३२ देखि, उद्याेग वाणिज्य महासंघबाट ४० लाख सहयाेग

0

पाँचौ एशियन जोनल सिनियर भलिबल प्रतियोगिता साउनको अन्तिम साता हुने भएको छ ।

साउन ३२ देखि भदौ ८ गतेसम्म चल्ने प्रतियोगितामा नेपाल सहित बंगलादेश, माल्दिभ्स, अफगानिस्तान, कीर्गिस्तान, तुर्कमिनिस्थान र उज्जेविकस्तानको सहभागीता हुने छ ।

प्रतियोगिताका लागि नेपाल भलिबल संघले उद्योग वाणिज्य महासंघ संघ सहकार्य गर्ने भएको छ । त्यसकालागि उद्योग बाणिज्य महासंघले उक्त प्रतियोगिता सम्पन्न गर्नकालागि ४० लाख रुपैयाँ सहयोग गर्ने भएको छ ।

उक्त सम्झौता अनुसार भलिबल संघका अध्यक्ष मनोरञ्जन रमण शर्मालाई उद्योग बाणिज्य महासंघका उपाध्यक्ष उमेशलाल श्रेष्ठले रकम बराबरको चेक हस्तान्तरण गरेका छन् ।

Post Add 1025X115
Loading...