‘जापानमा ५ लाख कमाउँदा नेपालमा ३ हजार गुम्यो, राष्ट्रिय टिमबाट पनि आउट’ ! मानबहादुर (भिडियाे)

0

काठमाडौं । पछिल्लो पटक भलिबल खेलाडी मान बहादुर श्रेष्ठ चर्चा रहे । खेलेर होस् या नखेलेर नै किन । नेपालको राष्ट्रिय भलिबल टिममा मान बहादुर उत्कृष्ट खेलाडी मध्येमा पर्छन् ।

आठौं राष्ट्रिय खेलकुद खेलकुद हुनु केही दिन अघि मात्र मान बहादुर जापान गए । त्यहाँ बैशाख ४ गते हुने एक दिने टुर्नामेन्ट खेल्न उनी जापान गएका थिए । तर, बैशाख ४ गतेदेखि नै आठौँ राष्ट्रिय खेलकुद अन्तर्गतको भलिबल खेल पनि शुरु भयो । मान बहादुर विभागीय टोली त्रिभुवन आर्मीका खेलाडी थिए । अन्य क्लब जस्तो विभागबाट सिधै विदेश जान भने मिल्दैन ।

तर मान बहादुर आठौँ राष्ट्रिय खेलकुदलाई नै त्यागेर विदेशमा खेल्न जापान लागे । आठौँ शुरु भएको केही दिनमै उनी स्वदेश फर्किए पनि विभागको नियमका कारण उनले आठौं राष्ट्रिय खेलकुदमा खेल्न पाएनन् । त्यसपछि उनलाई आफ्नै गणले कारवाही पनि ग¥यो । फलस्वरुप मान बहादुरले आठौँ पछि ताप्लेजुङमा भएको पाथिभरा पुरुष भलिबल पनि खेल्न पाएनन् ।
दुई प्रतियोगिता कारवाहीका कारण खेल्न नपाएका मान बहादुरले अहिले आफ्नै विभागले आयोजना गरेको चौथो प्रधानसेनापति पुरुष भलिबल प्रतियोगिताबाट घरेलु भलिबलमा भने पुनरागमन गरिसकेका छन् ।

‘म जापान खेल्न गएकोले विभागले सामान्य कारवाही ग¥यो । दुई वटा टुर्नामेन्टपछि कमब्याक हुन पाउँदा खुशी लागिराछ । सबै फ्यानहरुले पनि सोधिराख्नु भाथ्यो आउनुहुन्छ कि नाई भनेर अहिले म आएको छु ।’ मान बहादुरले नेप्लेजसँग भने ।
क्लबमा पुनरागमन गरे पनि आठौँ नखेलेकै कारण उनलाई अर्को धक्का भने लागेको छ । त्यो हो नेपाली राष्ट्रिय टिमको प्रारम्भिक छनोटमा नपर्नु । नेपालमै आगामी साउनमा एसियाली स्तरको भलिबल प्रतियोगिता हुँदैछ ।

तर त्यसको लागि नेपाल भलिबल संघले राष्ट्रिय खेलकुद संगको सहकार्यमा छनोट गरेको २५ सदस्यीय प्रामभिक सूचीमा मान बहादुरको नाम छैन । भलिबल संघले आठौँ नखेलेकै कारण मानबहादुरलाई समावेश नगरेको आशय व्यक्त गरेको छ । नेपालमा पहिलो पटक यतिको ठूलो टुर्नामेन्ट हुन लागेको हो र त्यसमा उत्कृष्ट मध्येका एक खेलाडीको नाम नदेख्खा भलिबल फ्यानहरु समेत खुशी छैनन् । मान बहादुर स्वयं पनि यसमा दुःखी छन् । तर आफैले रोपेको विरुवाको फलको रुपमा उनले यस प्रक्रियालाई हेरेका छन् ।

किन राष्ट्रिय प्रतियोगिता छाडेर जापान गए?

जापानमा खेल्ने पहिल्यै फिक्सड भएको थियो । ६ महिना अगाडि नै जापान जाने भएको थियो । बैशाख ४ गतेलाई तोकिएको थियो र त्यसको लागि म ओके भनेर बसेको थिएँ । आठौं राष्ट्रिय खेलकुद चैतको अन्तिममा सकिन्छ भनेको थियो । तर पछि बैशाख १० गतेसम्म हुने कुरा आयो र मलाई अफ्ठ्यारो पर्‍यो । बैशाख ४ गतेबाट भलिबल सुरु गर्र्ने भनियो । बैशाख ४ गते जापानमा टुर्नामेन्ट भएकाले आठौं नखेलेर जापान गएको हुँ ।

जापानको स्वीकृती पत्र अफिसमा बुझाए बताउँदै त्यतिबेला राष्ट्रिय प्रतियोगिता सरेको हल्ला पनि नभएको र विभाग र प्रशिक्षक सबैले जाने सहमति दिएको बताए ।

आठौं राष्ट्रिय खेलकुद सरेपछि भने विभागले नजान भने पछि आफू दोधारमा परेको उल्लेख गर्दै ४ गते जापानमा खेलेर ५ गते नेपाल आउने र ६ गते नेपालगञ्ज जाने सेडियूल बनाएको थिए, तर यसमा पनि विभागले नमाने पछि सबै छोडेर जापान गए ।
मेरो लागि दुवै महत्वपूर्ण थियो । मैले अन्तर्राष्ट्रिय टुर्नामेन्टहरु खेले पनि अहिलेसम्म छैटौँ, सातौँ जस्ता राष्ट्रिय टुर्नामेन्टहरु खेल्न पाएको थिएन । मेरो लागि यता पनि अवसर थियो । उता जापन पनि यस्तो देश हो अहिलेको नयाँ जेनेरेसनले पुरुषको जापानमा गएर खेलेको थिएन । म उता गएर खेल्ने पहिलो हुँ । दुवैतिर उस्तै भयो ।

अब एउटा राष्ट्रिय खेलाडीको लागि विदेश गएर खेल्नु राम्रै हो जस्तो लाग्यो मैले त्यहाँ गएर कुनै नराम्रो काम गरेको हैन जस्तो लाग्छ ।

त्यसपछि म उता खेल्न जानुपर्छ भनेर मैले आफैँले निर्णय गरेर अफिसको कुरालाई साइडमा राखेर त्यो बाट लागेको हुँ । उताबाट म ६ गते आइपुगे । आएपछि प्रशिक्षकसँग समन्यव गरेर आम कि नआम भनेर सोध्दा नाम छैन नआँउदा नि हुन्छ भने पछि नेपालगञ्ज गइन ।

जापानमा खेलेर मैले ५ लाख कमाएँ । तर यता कारवाही स्वरुप मेरो ३ हजार काटियो । गणमा कागजी प्रत्रिया अनुसार मलाई कारवाही गरियो । म ६ दिन जापान बसेँ । त्यसको तलब काटियो ३ हजार जति काटियो । २ वर्षसम्म हाम्रो तलब ग्रेड नबढ्ने भयो । प्रमोसन नहुनेचाँही होइन ।

राष्ट्रिय टिममा नपर्नुको कारण ?

पहिल्यै भनिएको थियो । राष्ट्रिय टिमको लागि आठौँबाट सेलेक्सन हुन्छ भनेर । विभागबाट त मलाई कुनै गुनासो छैन । विभागले भन्दा नमानि नमानि म गएको हो ।

एनभीएले पहिल्यै आठौँबाट सेलेक्सन गर्ने भनेपछि पनि मैले त्यो खेलिन । त्यसैले सेलेक्सनमा म नपरेको हो । तर मलाई के लागेको हो भने नेपालको राष्ट्रिय खेल भलिबल बनाउन हाम्रो पनि योगदान छ राष्ट्रिय टिमको पनि योगदान छ । माल्दिभ्समा थर्ड मेडल ल्यायौँ । डेनमार्कमा गएर पनि खेल्यौँ । राष्ट्रिय खेल बनाउन हाम्रो पनि हात छ जस्तो लाग्छ ।

अहिले राष्ट्रिय टिमको लागि छानेको २५ जनामा नपर्दा चाँही के लाग्छ भने आठौँ मात्रै हेरेर उहाँहरुले सेलेक्सन गर्नुभयो । अहिले संघले प्रधानसेनापति कप र एनभीएन कप बाट छुटेका खेलाडीलाई इन गराउने भन्ने कुरा गर्नु भएको छ ।

त्यसबाट के हुन्छ हेर्न बाँकी छ । तर अहिले २५ जनाको नामावली भित्र छैन । उहाँहरुले आठौँबाट मात्र हेरेर सेलेक्सन गर्दा अलिकिति दुःख लागेको छ । इन्टरनेशनल गेम र यहाँको अन्य लोकल टुर्नामेन्टहरुलाई पनि समावेश गर्नुपर्छ जस्तो लाग्छ ।

सेन्ट्रल जोन नेपालमा हुँदैछ, के छ यसको महत्व ?

अहिले अब विदेशी कोच पनि आउने भनेको छ सेन्ट्रल जोनको लागि । हामीले एसियन गेम्समा पनि राम्रो प्रदर्शन गरेका थियौँ । २०१५ मा साग खेल्न जाँदा श्रीलंकासँग खेल्ने बेला म भर्खर डेब्यु गरेको थिएँ । त्यतिखेलर हामी १२–१४ मै हारेको थियौँ । अहिलेचाँही नेपालसँग खेल्दा श्रीलंकालाई सोच्न पर्ने हुन्छ । नेपालसँग नी पर्छ है भन्ने भाछ हार्छ कि भन्ने छ उनीहरुलाई । हामीले एसियन गेम्समा त्यो देखाएर आएका छौँ ।

श्रीलंकासँग एकदमै प्रतिस्पर्धात्मक खेल खेलेर आएका छौँ । यो पटक सेन्ट्रल जोनमा नेपालले राम्रो गर्छ जस्तो लागेको छ ।
होम कोर्ट छ बन्द प्रशिक्षण पनि लामो समय हुने कुरा छ । यो भन्दा राम्रो गर्न अझै इन्टरनेशनल फ्रेण्डली म्याचहरु हुनुपर्छ जस्तो लाग्छ । अहिले बएको नयाँ खेलाडीहरु पनि एकदमै मोटिभेसनल भाछन् । अहिले आका खेलाडीहरु धेरै उचाई भएका छन् । अली राम्रो प्रशिक्षण दिने हो भने उनीहरु नेपाली भलिबलमा पछि राम्रो खेलाडी बन्नेछन् ।

आर्मी क्लब र मानबहादुरको स्तर खस्केको हो ?
दुई वटा टुर्नामेन्ट अघि पनि म खेल्दा नै पुलिससँग हारेको थियो। पहिला हामीले लगातार ३ टुर्नामेन्ट जित्यौँ । त्यसपछि म खेल्दा पनि लगातार दुई वटा हारेका थियौँ । बाँकी दुईवटामा म खेल्न पाइनँ त्यसमा हा¥यो । म बसेर र नबसेर हेर्दा थोरै चाँही फरक पाएँ । म नभए पनि मेरो स्थानमा अर्कोले खेल्ने हो । म जस्तो नभएपनि तर उस्तै नहुँदो रहेछ । पहिलाको जस्तो अलि नभएको हो कि भन्ने मलाई नि फिल भइरहेको छ ।

हामी फिकिजलमा सबै फिट छौँ । अलिकति नयाँ आएकोहरु चाँही फिजिकलमा फिट छ तर म्याच एक्सपिरिएन्सको कमी भएको जस्तो लाग्छ । टिममा नयाँ खेलाडीहरु पनि छन् । जसले २–३ वटा मात्र खेलेका छन् । हामी सिनियर प्लेअरहरुको पनि कहिले गणमा कहिले पृतनामा गएर खेल्नुपर्छ । त्यही भएर स्तर अलि कम भाको जस्तो लाग्छ ।

गनर्स सेलेब्रेसन कहिले देख्न पाइन्छ ?

म पनि त्यो प्रतिक्षामा एकदमै छु । जुन दिन हाम्रो कम्पिटेटिभ टिमसँग खेल पर्छ । अनी दर्शकहरु । मलाई मान बहादुर श्रेष्ठ भनेर मात्र होइन त्यो मेरो एक्सनले पनि मलाई चिन्ने धेरै छन् । तपाइको एक्सन मन पर्छ भनेर कुरा गर्नेहरु पनि धेरै छन् । त्यो पनि देखाउन म एकदम आतुरमा छु । चाँडै नै देखाउँछु भन्ने मलाई भित्री मनदेखि लागिरहेको छ ।

Post Add 1025X115
Loading...