पुलिस र एपीएफ पुरूष भलिबलकाे सेमिफाइनलमा

0

विभागीय टिम नेपाल पुलिस र एपीएफ क्लब प्रधानसेनापति राष्ट्रिय पुरुष भलिबल प्रतियोगिताको सेमिफाइनलमा प्रवेश गरेका छन् ।

लगनखेलस्थित भएकाे लिग चरणको अन्तिम खेलमा पुलिसले प्रदेश नम्बर ३ लाई २५-१४,२५-२० र २५-१८ को सेट पराजित गर्याे । जितसंगै पुलिस समूह ‘बी’ बाट १२ अंक जोड्दै समुह विजेताका रूपमा अन्तिम चारमा पुग्याे । याे समूहबाट गण्डकी प्रदेश उपविजेताका रूपमा सेमिफाइनलमा पुगेकाे छ । उसकाे चार खेलबाट ९ अंक रहेकाे छ ।

अर्काे खेलमा एपीएफले प्रदेश एकलाई २५-१४, २५-१६ र २५-१६ को सेटमा पराजित गर्दै सेमिफाइनलमा पुग्याे । उसकाे ४ खेलबाट १२ अंक जोड्यो । प्रदेश १ भने प्रतियोगिताबाट बाहिरिएको छ ।

याे समूहबाट आर्मी समूह उपविजेताका रूपमा सेमिफाइनलमा पुग्न सफल भयो । आर्मीले ४ खेलमा ९ अंक जोडेको छ ।

Post Add 1025X115
Loading...