राष्ट्रिय टिमबाट बाहिरिनु खेलमा सिरियस नहुँदाकाे परिणाम-क्रिकेटर अमृत भट्टराई (भिडियाे अन्तर्वार्ता)

0

नेपाली राष्ट्रिय टिमका पूर्व खेलाडी अमृत भट्टराई नेपाल फर्किँदैछन् । उनी पोखरा प्रिमियर लिग खेल्न नेपाल आउने तयारीमा छन् । हाल उनी अष्ट्रेलियामा बस्दै आएका छन् ।

सन् २०१३ मा भएको आईसीसी विश्व क्रिकेट लिग डिभिजन ३ खेलेपछि अमृत टिममा पर्न सकेनन् । घुँडाको चोट र राष्ट्रिय टिममा कठीन प्रतिष्पर्धा हुन थालेपछि उनी टिमबाट बाहिर नै रहे । त्यसको अर्को वर्ष उनी अष्ट्रेलिया गएका हुन् ।

अष्ट्रेलियामा उनले स्थानीय एकेडेमीमा प्रशिक्षण गरिरहेका छन् । उनी अहिले पूर्ण रुपमा फिट छन् । ‘अहिले हरेक दिन प्रशिक्षण गरिरहेको छु, यो वर्ष नेपाल आएर क्रिकेटमा कमब्याक गर्दैछु,’ भट्टराईले भने । हामीले अष्ट्रेलियामा रहेका भट्टराईसँग कमब्याकका बारेमा कुराकानी गरेका छाै । हेराैं भिडियाेमा

 

Post Add 1025X115
Loading...