६ बर्षमा तयार भयाे कराँतेकाे एकेडेमी

0

सात करोड ६२ लाख लागतमा बनेकाे कराँते एकेडमीकाे अाैपचारिक रूपमा उद्घाटन भएकाे छ । युवा तथा खेलकुद मन्त्री जगत बहादुर विश्वकर्माले साे एकेडमीको उद्घाटन गरेका हुन ।

ललितपुर सातदोबाटोस्थित अन्तराष्ट्रिय खेल परिसरमा रहेकाे याे एकेडेमी ६ बर्षकाे अवधीमा तयार भएकाे छ । तत्कालिन सदस्यसचिव युवराज लामाकाे पालामा निर्माण सुरू भएकाे एकेडेमीमा १२ वटा कोठा रहेका छन ।

यस्तै २ कक्षा कोठा, २ वटा खेलाडीकाे चेन्जिङ रूम रहेको छ  । एकेडमीमा तीन ५० दर्शक क्षमताको कराँते हल र ५० जना अट्ने भीआईपी प्याराफिट रहेको छ ।

एकेडमीलाई कराँते महासंघले होस्टलको रुपमा परिस्कृत गरेर लैजाने भएकाे छ । याे एकेडेमीकाे निर्माण पछि कराँतेका खेलाडीलाइ सधै प्रशिक्षण गर्न सहज हुने भएकाे छ ।

 

Post Add 1025X115
Loading...