नाडल र फेडेरर फ्रेन्च ओपन टेनिसको सेमिफाइनलमा

0

दोस्रो वरियताका राफेल नाडल फ्रेन्च ओपन टेनिसको सेमिफाइनलमा प्रवेश गरेका छन् । फ्रान्सको पेरिसमा सम्पन्न क्वार्टरफाइनलमा नाडलले जापानका केई निशिकोरीलाई हराउँदै अन्तिम चारमा स्थान सुरक्षित गरे ।

क्ले कोर्टका बादशाह नाडलले निशिकोरीविरुद्ध ३–० को सहज जित निकाले । ११ पटक फ्रेन्च ओपन जितिसकेका नाडलले निशिकोरीविरुद्ध ६–१, ६–१ र ६–३ को सहज जित निकाले ।

अर्को क्वार्टर फाइनलमा ग्राण्डस्लामका सबैभन्दा सफल पुरुष खेलाडी रोजर फेडेररले २४ औं वरियताका स्टानिस्लास वावरिन्कालाई ३-१ ले हराउँदै सेमिफाइनलमा स्थान बनाएका हुन् ।

आफ्नै देशका वावरिन्काविरुद्धको खेलमा स्वीस खेलाडीले फेडेररले ३–१ ले हराए । प्रतिष्पर्धात्मक खेलको पहिलो सेटमा फेडेररले ७–६ को टाइब्रेकरमा जित निकालेका थिए ।

दोस्रो सेटमा वावरिन्काले ६–४ को सहज जित हात पारे । तेस्रो सेटमा फेडेररले कमब्याक गर्दै पुनः टाइब्रेकरमा ७–६ ले विजयी भए । अन्तिम सेटमा फेडेरर ६–४ ले विजयी हुँदा सेमिफायनलमा स्थान बनाउन सफल भए ।

Post Add 1025X115
Loading...