काेन्टा ३६ बर्षपछि फ्रेन्चओपन टेनिसको सेमिफाइनलमा पुग्ने पहिलाे बेलायती खेलाडी

0

बेलायती नम्वर एक खेलाडी जोनाथन कोन्टा फ्रेन्च ओपन टेनिसको सेमिफाइनलमा प्रवेश गरेकी छिन ।

कोन्टा सन् १९८३ पछि फ्रेन्च ओपनको सेमिफाइनलमा पुग्ने पहिलो बेलायती खेलाडी बनेकी छिन ।

पेरीसमा भएको क्वाटरफाइनलमा कोन्टाले स्लोनी स्टेफेन्सलाई दुई शुन्यको सोझो सेटमा हराइन । विश्व बरियतामा २६ औं स्थानमा रहेकी कोन्टाले पहिलो सेट छ एकले जितीन भने दोस्रो सेटमा छ चारले विजयी भइन ।

उनले सेमिफाइनलमा ३१ औं बरियताकी पेट्रा मार्टिक वा चेक गणतन्त्रकी खेलाडी मारकेटा विचको विजेतासँग खेल्नेछिन ।

Post Add 1025X115
Loading...