तेक्वान्दाेमा भुटानमा नेपाललाई चार स्वर्ण

0

भुटानको राजधानी थिम्पुमा आयोजना भएको पाचौं अन्तर्राष्ट्रिय तेक्वान्दो च्याम्पियनसिपमा नेपालले चार स्वर्ण जितेको छ । च्याम्पियनसिपमा नेपालले चार स्वर्ण, एक रजत र दुई कांस्य जितेको वरिष्ठ तेक्वान्दो प्रशिक्षक नवीनकुमार श्रेष्ठले जानकारी दिए ।

महिला ४२ केजी जुनियरमा अनुज्ञा सापकोटा, पुरुष २४ केजी जुनियरमा इमोन राना, पुरुषकै ४२ केजी जुनियरमा अरुण तिवारी र पुरुषकै ७२ केजी सिनियरमा अर्जुनबहादुर सार्कीले स्वर्ण जिते ।

यसैगरी महिला ४६ केजी तौल समूहको सिनियर स्पर्धामा सर्मिला खड्काले रजत पदक जितिन् । यस्तै ५५ केजी महिला सिनियरमा सुस्मिता मोक्तान र ४५ केजी जुनियर पुरुषमा सागर सिंहले कांस्य पदक जिते ।

च्याम्पियनसिपका पदक विजेता सहभागी सबै खेलाडी कोटेश्वर तेक्वान्दो डोजाङका हुन् ।

Post Add 1025X115
Loading...