मर्रे ५ महिनापछि कमब्याक गर्ने

0

बेलायती खेलाडी एन्डी मर्रे ५ महिना पछि कोर्ट फर्किने भएका छन् । यहि महिनामा हुने क्विन्स टेनिस च्याम्पियनसिपबाट मर्रेले कमब्याक गर्ने योजना बनाएका छन ।

३२ बर्षे मर्रे गत जेनेवरीमा भएको अष्ट्रेलियन ओपनमा चोटका कारण कोर्ट बाहिर भएका थिए । त्यसपछि सल्यक्रिया गरेका मर्रे फिभर ट्रि टेनिस च्याम्पियनसिपमा फर्किने भएका भएका छन ।

पूर्व विश्व नम्वर एक टेनिस खेलाडी मर्रेले पुर्ण रुपमा फिट भएर स्पेनीस खेलाडी फलिसियानो लोपेजसँग मिलेर खेल्ने तयारीमा रहेका छन ।

१७ जुनबाट सुरु हुने यो प्रतियोगिताको दुई सातापछि विम्बल्डन टेनिस प्रतियोगिता सुरु हुने भएको छ । उनी क्विन्स च्याम्पियनसिपमा डबल्स स्पर्धामा कोर्टमा उत्रनेछन ।

Post Add 1025X115
Loading...