जाेकाेभिच फ्रेन्च ओपन टेनिसको क्वाटरफाइनलमा

0

विश्व नम्वर एक खेलाडी नोभाक जोकोभिच फ्रेन्च ओपन टेनिसको क्वाटरफाइनलमा प्रवेश गरेका छन । लगातार १० औं पटक फ्रेन्च ओपन टेनिसको क्वाटरफाइनलमा पुग्ने पहिलो खेलाडी बनेका जोकोभिचले जर्मनीका हान लेनार्ड स्र्टुफलाई पाखा लगाए ।

३२ बर्षे सर्वियन खेलाडी जोकोभिचले हानलाई हराउन मात्र एक घण्टा ३३ मिनेटको समय खर्चिए । जसमा उनले पहिलो सेट ६–३, दोस्रो सेट ६–२ र तेस्रो सेट ६–२ ले आफ्नो पक्षमा पारे ।

जोकोभिचले जारी प्रतियोगितामा अहिलेसम्म एक सेटपनि हारेका छैनन् । उनले क्वाटरफाइनलमा जर्मन खेलाडी एलेजान्देर भरेभ वा इटालीयन खेलाडी फाबीयो फोग्निनी विचको विजेतासँग खेल्नेछन ।

जोकोभिच एकै सिजन चार वटा ग्राण्डस्लाम जित्ने लक्ष्यमा रहेका छन । उनले यसअघि विम्बल्डन, यूएस ओपन र अष्ट्रेलियन ओपन जितेका थिए । १५ पटकका ग्राण्डस्लाम विजेता जोकोभिचले यसअघि २०१६ मा फ्रेन्च ओपन जितेका थिए ।

Post Add 1025X115
Loading...