फेडरर ५४ औ पटक ग्राण्डस्लामकाे क्वाटरफाइनलमा

0

विश्व बरियतामा तेस्रो स्थानमा रहेका रोजर फेडरर फ्रेन्च ओपन टेनिसको क्वाटरफाइनलमा प्रवेश गरेका छन । ग्राण्डस्लामको क्वाटरफाइनलमा पुग्ने दोस्रो पाका खेलाडी बनेका छन । यसका साथै फेडरर ५४ औं पटक ग्राण्डस्लामको क्वाटरफाइनलमा पुगेका हुन ।

दुई घण्टा ६७ मिनेट कोर्टमा विताएका फेडररले ६८ औं बरियताका लियोनार्दो मेयरलाई तीन शुन्यको सोझो सेटमा हराए । उनले मेयरलाई छ दुई, छ तीन र छ तीनको सेटमा पराजित गरे ।

उनले अब क्वाटरफाइनलमा स्टान वावारिन्का वा ग्रिसका स्टेफानोससँग खेल्नेछन । यसका साथै फेडररले सेमिफाइनलमा रफायल नाडाल वा विश्व नम्वर एक नोभाक जोकोभिचसँग खेल्ने संभावना बढेको छ ।

फेडररले अहिलेसम्म लेरेन्जो सोनेगो, ओस्कार ओटी र कास्पेर रुडलाई पराजित गरेका छन । जो विश्व बरियतामा ५० भन्दा तलका खेलाडी हुनछ ।

Post Add 1025X115
Loading...