फुटबल : आयोजक कौस्तुभ क्वाटरफाईनलमा

0

आयोजक कौस्तुभ स्कुल दोश्रो कौस्तुभ कप छात्र फुटबल प्रतियोगितामा क्वाटरफाईनल प्रवेश गरेको छ । आयोजक टोलीले न्यू स्टार पोललाई २ । १ गोल अन्तरले पराजित गरेको हो । आयोजकका लक्ष्मण गुरुङ्ग म्यान आफ दि म्याच घोषित भए ।

यस्तै अन्य खेलमा ग्लोबल पब्लिक स्कुलले नेपाल तारालाई ४ । ३ गोलले पराजित ग¥यो । ग्लोबलका सुशान्त भण्डारी म्यान अफ दि म्याच भए । यसैग गरि विनायक स्कुल भक्तपुर र ईम्युनियल स्कुलले पनि जित हात पारे ।

विनायकले त्रिवेणी सदनलाई ४ । १ ले र ईम्युनियलले हाईल्याण्ड स्कुललाई ३ । २ गोलले पराजित गरे । विनायकका आयुष बस्नेत र ईम्युनियलका सुशिल तिमल्सिना म्यान अफ दि म्याच भए ।

Post Add 1025X115
Loading...