बास्केटबल : निम्सको दुवै टिम उपाधी नजिक

0

निम्सको छात्र तथा छात्रा दुवै टिम तेश्रो केभीकेएसएस अन्तरविद्यालय बास्केटबल प्रतियोगितामा उपाधी नजिक पुगेका छन् ।

आईतबार सम्पन्न भएको सेमिफाईनलमा छात्र तर्फ निम्सले अमृत तामाङ्गको १८ अंकको मद्धतले ग्रिन्ल्याण्डलाई ६४ – ४७ अंकले पराजित गर्दै उपाधी निकट पुगेको हो । यस्तै छात्रा तर्फ पनि निम्सले स्किबस्लाई डोल्मा तामाङ्गको १६ अंक मद्धतले ३६ – २७ ले पाखा लगाउँदै फाईनल प्रवेश गरेको हो ।

छात्र तर्फ फाईनल प्रवेश गर्ने क्रममा टिआईएले सम्राट गुरुङ्गको २१ अंकको सहयोगमा गोल्डेनपिकलाई ५५ – ३८ अंकले पराजित ग¥यो ।

छात्रा तर्फ भ्याली पब्लिकले एचएचसिएलाई ३० – १९ ले पराजित गर्दै उपाधी भिडन्तमा निम्स संगको भेट पक्का ग¥यो । भ्यालीको जितमा सुस्मिता ढकालले १८ अंकको योगदान गरिन् ।

प्रतियोगिताको फाईनल सोमबार १० बजे हुने कार्यक्रम रहेको दीपेश कार्कीले जानकारी गराए ।

Post Add 1025X115
Loading...