खुला दौडमा अभिषेक पहिलो

0

प्रथम टोका नगरपालिका वडा नम्बर ८ स्तरीय खुला दौड प्रतियोगिताको पुरुष खुलातर्फ अभिषेक मुमल पहिलो भएका छन् । टोखा नगरपालिका वडा नम्बर ८ को आयोजना शनिबार भएको दौडमा सञ्जय महर्जन दोस्रो र प्रवीण कार्की तेस्रो भए ।

खुला महिलातर्फ केयर न्यौपानेले पहिलो स्थान हासिल गरिन् । यस स्पर्धामा सोनिका खड्का दोस्रो र वर्षा वाग्ले तेस्रो भए ।

प्रतियोगिताको स्कुल छात्रतर्फ आरआईए स्कुलका जीवन विक पहिलो भए । यसैगरी लक्ष्मीपुरका सफल श्रेष्ठ दोस्रो र सुनील श्रेष्ठ तेस्रो भए । यसैगरी स्कुल छात्रातर्फ लक्ष्मीपुर माविकी अनिषा श्रेष्ठले पहिलो स्थान हात पारिन् । लक्ष्मीपुरकै अन्सिका डंगोल दोस्रो र आकांक्षा राईले तेस्रो स्थान हात पारे ।

हरेक स्पर्धाका पहिलो, दोस्रो र तेस्रो हुनेले क्रमशः पाँच हजार, तीन हजार र दुई हजार रुपैयाँ प्राप्त गरे ।

विजेतालाई टोखा नगरपालिका वडा ८ का वडा अध्यक्ष केशवबहादुर खत्री, प्याब्सनका नारायण रोक्कालगायतले पुरस्कार प्रदान गरे ।

Post Add 1025X115
Loading...