नयाँ प्रशिक्षकले काम सुरु गर्नअघि नै राजनीतिक गन्ध ! सहायकमा काम गर्दिन- टमाटा

0

मुक्तिबाबु रेग्मी । नेपाली राष्ट्रिय क्रिकेट टिमको नयाँ प्रशिक्षकका रुपमा भारतबाट उमेश पटवाल आएसँगै नयाँ तरंग सुरु भएको छ । उनी काठमाडौं आएको पहिलो दिन नै आयोजना भएको पत्रकार सम्मेलन सोचेको भन्दा फरक हुन पुग्यो ।

सुरुवातमा प्रशिक्षक उमेश पटवाल र राष्ट्रिय खेलकुद परिषद् विच सम्झौतापत्रमा हस्ताक्षर भनेर कार्यक्रम आयोजना गर्ने मनसाय बनाएकोमा अन्तिम समयमा परिषद्का सदस्यसचिव केशव कुमार विष्ट नआएपछि प्रशिक्षकसँग अन्तक्रिया भनेर कार्यक्रम समापन गरियो । जसका लागि सुरुवातमा पत्रकार सम्मेलनमा हस्ताक्षर कार्यक्रम भनेर राखिएको ब्यानरपनि हटाइएको थियो ।

यता नयाँ प्रशिक्षकको आगमनसँग खेलाडीहरु केहि हौसीएका देखिए भने त्यसका पछाडी पटवाल नेपाली क्रिकेट प्रशिक्षकमा आएपनि आफुसँग कुनै सल्लाह नगरी कार्यक्रम गरेको भन्दै परिषद्का केहि कर्मचारी रुष्ट भएको देखिए ।

के भएको खासमा ?

प्रशिक्षक पटवाललाई आइसीसीसँग समन्वय गरेको निकाय राष्ट्रिय खेलकुद परिषद्का सदस्य सचिव केशव कुमार विष्टले कप्तान पारस खड्का र छुम्बी लामालाई कार्यक्रममा आफ्नो उपस्थिती हुने भनेर ढुक्क पारेका थिए र उनी आउने योजनामा पनि थिए ।

दिउसो तीन पटकसम्मको सम्पर्कमा विष्ट आउने पक्का जस्तै थियो, तर कार्यक्रम सुरु हुन एक घण्टा अगाडी पत्रकार सम्मेलनका लागि सम्झाउन खवर गर्दा कुरा अर्के भयो । विष्टले खवर गर्दा छुम्बी लामालाई प्रशिक्षक जगत टमाटा र समन्वय समिती सैलेश कर्माचार्यलाई खवर गरेको हो भनेर सोधे, र अन्तिममा उनीहरुलाई खवर नगरी म कार्यक्रममा आउन नमिल्ने बताए । यसको अर्थ विष्टलाई कसैले कानमा तेल भरेको हो भन्ने प्रष्ट हुन्छ ।

विष्टका अनुसार परिषद्सँग कुनै सहकार्य नगरेर कार्यक्रम गरेकाले आफु नगएको बताए । यसका साथै उनले सो कार्यक्रम हस्ताक्षर गर्ने नरेहेको समेत बताए । उनले प्रशिक्षक नेपाल आएपछि राष्ट्रिय खेलकुद परिषद्को सम्पर्कमा आउनुपर्ने हो, परिषद्मा आएर मलाई भेट्नु पर्ने हो, तर त्यसो नभएको र एकै पटक सम्झौता भनेर कार्यक्रम राखिएको उल्लेख गरे ।

तर कार्यक्रमको आयोजना गर्दा खवर पाउँदा विष्टले किन आउँछु भनेर पछि किन परिषद्सँग समन्वय नगरेको भनेर निउ खोजे त्यसको पछाडि सैलेश कर्माचार्य र प्रशिक्षक जगत टमाटाको हात रहेको परिषद्का एक कर्मचारीले नै बताए । (नाम नखोल्ने सर्तमा)

उनका अनुसार परिषद्ले आयोजना गर्ने कार्यक्रम अर्काले स्वामित्व लिदा कसरी सदस्य सचिव जान मिल्छ भनेर कुरा गरेको र परिषद्को प्रोटोकलले पनि नदिने बताएपछि विष्ट पछि हटेका हुन् ।

यो विषयमा शैलेस कर्माचार्यसँग बुझ्दा आफु विरामी परेर घरमा रहेको र अन्तिम समयमा कार्यक्रमको बारेमा खवर आएपनि आउन सक्ने अवस्था नरहेकाले उपस्थित नभएको बताए । साथै उनले नयाँ प्रशिक्षक आउनु राम्रो हो, तर हाम्रा लागि जगत टमाटा नै अहिलेसम्म मुख्य प्रशिक्षक हुन, उनको पनि सम्मानजनक रुपमा सेफल्याण्डिङ हुनुपर्छ भन्ने हो ।

कार्यक्रम जोसुकैले गरेपनि परिषद्सँग समन्वय गरेको भएन राम्रो हुने उनले बताए । यता प्रशिक्षक जगत टमाटाले यो कार्यक्रम बारे आफुलाई कुनै जानकारी नभएको र नयाँ प्रशिक्षक आउँने कुरामा पनि खवर नभएको बताए । आएको थाहा पाएपछि आफुले गर्ने कर्तब्य मेटाउन सोसियल मिडियामा स्वागत गरेको हो । उनले आज विहान फेसबुकमा स्टेटस लेखेर पटवाललाई स्वागत गरेका थिए ।

नेपाली क्रिकेट राजनितीको सिकार भएर निलम्बनमा रहेको छ । फेरीपनि नयाँ प्रशिक्षक आउँदा जुन किसिमको वातावरण देखियो, त्यसमा राजनितीको गन्ध आएको छ । परिषद्का कर्मचारी नै यसमा सन्तुष्ट देखिएका छैनन् । आइसीसीसँग नयाँ प्रशिक्षकका बारेमा सबै सहमती परिषद् गर्ने तर अन्तिममा समन्वय गरेन भनेर निउ खोज्नु कतिको उचित हो ।

म सहायक प्रशिक्षकका रुपमा बस्दैन–टमाटा

नेपाली राष्ट्रिय क्रिकेट टिमका अहिलेका मुख्य प्रशिक्षक जगत टमाटाले नयाँ प्रशिक्षक आएपनि आफु सहायकको भूमिकामा नबस्ने बताएका छन ।

नेपाली क्रिकेटलाई टी–२० विश्वकपसम्म पुर्याएका प्रशिक्षक पुबुदु दशानायके बाहिरीएपछि टमाटा नेपाली क्रिकेटको मुख्य प्रशिक्षक बनेका थिए ।  टमाटाले पटवाललाई सहयोग गर्ने, तर सहायकको भुमिकामा काम नगर्ने बताए । एक पटक मुख्य प्रशिक्षक भइसकेको अवस्थामा सहायकमा झर्नु उचित नभएको उनले बताए ।

नेपाललाई एकदिवसिय मान्यता दिलाउदा देखि पहिलो अन्तराष्ट्रिय सिरीज जित्दा मुख्य प्रशिक्षक बनेका टमाटा र खेलाडी विच पछिल्लो पटक खाँसै राम्रो सम्बन्ध थिएन । नयाँ ढंगले अगाडी बढ्ने भन्दापनि पुरानै शैलीको प्रशिक्षण आफुले गर्नुपरेको र ठोस योजनाको कमी भएको भन्दै खेलाडी कतै न कतै टमाटासँग असन्तुष्ट थिए ।

तर अब नयाँ प्रशिक्षक आएपछि टमाटालाई धक्का लागेको छ भने खेलाडी खुसी भएका छन । तर टमाटाले नयाँ प्रशिक्षकका बारेमा कुनै जानकारी नभएकाले कार्यक्रममा नआएको र आगामी दिनमा पनि बाहिर बसेर सहयोग गर्ने कुरा छदैंछ, तर उनको अन्डरमा बसेर काम नगर्ने स्पष्ट पारे ।

नेपालले अब जुलाईको अन्तिममा सिंगापुरमा टी–२० विश्वकप छनोट खेल्दैछ । जसमा शिर्ष स्थानमा रहेमा नेपालले ग्लोबल छनोट खेल्नेछ । युएई आयोजकका नाताले सोझै पुगिसकेको छ ।

प्रशिक्षक पटवालले पनि आफ्नो पहिलो लक्ष्य अष्ट्रेलियामा हुने विश्वकपमा स्थान बनाउनु रहेको बताएका छन ।

Post Add 1025X115
Loading...