सगरमाथा आरोहणको कीर्तिमान राखेका फुटबलर श्रेष्ठलाई अभिनन्दन

0

सगरमाथाको सफल आरोहण गरेर विश्व कीर्तिमान बनाएका गोपाल श्रेष्ठलाई आज पोखरामा स्वागत एवं अभिनन्दन गरिएको छ । पूर्वराष्ट्रिय फुटबल खेलाडी तथा एचआइभीबाट सङ्क्रमित भएर सर्वोच्च शिखरमा पुग्ने व्यक्ति भएका कारण श्रेष्ठले विश्व कीर्तिमान बनाएका हुन् ।

पच्चीस वर्षअघि एचआइभीबाट सङ्क्रमित भएका पोखरा–७ को रत्नचोक बस्ने ५६ वर्षीय श्रेष्ठ गत जेठ ८ गते बिहान ७ः३० बजे सगरमाथाको सर्वोच्च शिखरमा पाइला टेकेका थिए ।
डिमर्श डेष्टिनेशन ट्रेक्स एण्ड एक्सपिडिशनका फुर्वा तेञ्जिङ शेर्पाको नेतृत्वमा श्रेष्ठले सरगरमाथाको आरोहण गरेका थिए ।

सगरमाथा आरोहण समूह स्टेप अफ क्यापियन दोस्रो चरणको आयोजनामा गरिएको सो अभिनन्दन कार्यक्रममा पोखरामा अधिकांश सङ्घ संस्थाको सहभागिता रहेको थियो । सो अवसरमा श्रेष्ठलाई नगरको परिक्रमा समेत गराइएको थियो । स्टेप अफ क्याम्पिएनका संयोजक पदमराज पहारीले अभियानले पहिलो चरणको सफलता पाएकाले यो अभियान समग्र नेपालीको अभियान भएको बताए ।

विमानस्थलमा आरोही श्रेष्ठले संसार भरका एचआइभीबाट सङ्क्रमित र प्रभावितमा यो सफलता समर्पित गरिएकाले एचआइभी सङ्क्रमितप्रति समाजको हेर्ने दृष्टिकोणमा परिवर्तन ल्याउन आवश्यक रहेकामा जोड दिए ।

सन् २०१५ श्रेष्ठले सगरमाथा चढ्ने प्रयास गरेको भए पनि त्यतिबेला भूकम्पका कारण आरोहण सफल हुनसकेको थिएन । सगरमाथा आरोहण गरेका उनले सन् २०१३ मा पाँच हजार ४१७ मिटर उचाइको थोराङला पास, सन् २०१४ मा छ हजार १८९ मिटर उचाइको आइल्याण्ड पिक र सन् २०१६ मा छ हजार ६४६ मिटर उचाइको भर्जिन पिक खाङ कार्पोको सफल आरोहण गरि सकेका छन् ।

Post Add 1025X115
Loading...