विक र गुरुङद्वारा पदबहाली

0

राष्ट्रिय खेलकुद परिषद्अन्तर्गत तालिम तथा प्रशिक्षण विभागका निर्देशक अर्जुन विक र राष्ट्रिय टिम तयारीका निर्देशक ध्रुवबहादुर गुरुङले शुक्रबार पदबहाली गरेका छन् । त्यसअघि दुवैलाई कर्मचारीहरुले कार्याकाल सफलताका लागि शुभकामना दिदै बधाइ दिएका थिए ।

राष्ट्रिय टिम तयारीका उप–निर्देशक ध्रुवबहादुर गुरुङ राष्ट्रिय टिम तयारीको निर्देशकमा पदोन्नती भएका थिए। तेक्वान्दोका वरिष्ठ प्रशिक्षक गुरुङ शुक्रबारदेखि लागू हुने गरी निर्देशकमा नियुक्त भएका हुन् ।

यसअघि उक्त पदको जिम्मेवारी तेक्वान्दोकै वरिष्ठ प्रशिक्षक अर्जुन विक सम्हाल्दै आएका थिए । विकले अब तालिम तथा प्रशिक्षण विभागको निर्देशकको जिम्मेवारी सम्हाल्ने छन् ।

Post Add 1025X115
Loading...