बनिसकेकाे पिचमा अचानक म्याट किन राखियाे, भित्री रहस्य यस्ताे रहेछ !

0

मनाेज बस्नेत, काठमाडाैं । बर्षाैंदेखि चर्चामा रहेको मुलपानी स्थित तल्लो क्रिकेट मैदान जहाँ जग्गा विवाद, बजेट अभाव, स्थानीयको अवरोध यस्तै यस्तै विभिन्न कारणले ढेड दशकदेखि काम सुरु भए पनि सम्पन्न भएको थिएन । निकै लामो समयको पर्खाइपछि काठमाडौंमा जारी प्रधानमन्त्री कप एकदिवसिय क्रिकेट प्रतियोगितामा मुलपानीको तल्लो मैदानमा क्रिकेट खेलाइने भनेर एकाएक चर्चा भयो ।

एकातिर झुपडीहरु बाँकि नै रहेका बेला एकदिवसिय क्रिकेट प्रतियोगिता गर्ने भनेर राष्ट्रिय खेलकुद परिषद्ले कसरत सुरु गर्यो । तर अन्तिममा प्रतियोगिता त भयो तर पहिलो दिन नै नकारात्मक समाचारले निकै चर्चा पायो । कारण थियो एकदिवसिय क्रिकेट प्रतियोगिता म्याटमा खेलाइयो भनेर ।

के भएको थियो ?

नेपाली क्रिकेट मैदानमा राम्रो र गुणस्तरिय पिच जसले पनि बनाएका छन् । ती हुन पाण्डे परिवार, सुरुवातमा कोमल पाण्डे पछि अहिले उनको विडो अजय पाण्डेले सम्हालिरहेका छन् । कीर्तिपुरदेखि भैरहवा, धनगढी लगायतका मैदानमा पिच बनाएका अजय पाण्डेलाई मुलपानीको मैदानमा पिच बनाउन राष्ट्रिय खेलकुद परिषद्ले निर्देशन दियो ।

नेप्लेजसँग पिचका बारेमा बोल्दै अजयले भने– प्रतियोगिता मुलपानीको मैदानमा गर्ने भनेर २५ दिन अगाडी म लगायत आयोजकका सबै पदाधिकारीहरु नोर्लिङ रिसोर्टमा छलफल गर्‍याै‌ं । जसमा राष्ट्रिय खेलकुद परिषद्का पदाधिकारी पनि समावेश थिए । उनीहरुले मलाई यसपटक मुलपानीमा क्रिकेट गराउने सोच बनाएका छौं, पिच तयार गर्न सकिन्छ, भनेर मलाई सोध्यो । मैले सोंच विचार गरेर खेल्न योग्य बनाउन सकिन्छ भनेर जवाफ दिए । त्यसपछि काभ्रेबाट रातोमाटो र भक्तपुरबाट कालोमाटो ल्याइयो ।

तर पिच बनाउने जिम्मा त दिइयो, समयमा रोलर पाइएन, सुरुवाती एक सातामा रोलर नआएपछि मुलपानीको माथिल्लो मैदानमा रहेको रोलरलाई बल्ल बल्ल तल झारीयो । मानिसले नै धकेल्नुपर्ने रोलर प्रयोग गरेको दुई दिनमा नै भाचियो, त्यसलाई फेरी वल्डिङ गरेर काम त सुरु गरियो ।
हामी मैदानमा खटिएका मेनपावरहरुले आफैले रोलरलाई धकेलेर पिच सम्याउने काम गर्यो ।

यो विचमा हामीले गरेको कामको प्रगती हेर्ने राष्ट्रिय टिमका प्रशिक्षक जगत टमाटा, सदस्यसचिव केशवकुमार विष्ट लगायत अरु मुख्य ब्यक्तिहरुले बारम्बार पुगेका थिए । पिच सुरु गरेको करिव दुई सातामा आफ्नो स्वरुप लिइसकेको थियो । पिच सेट हुदै गएको थियो ।

हामीले लामो पर्खाइ पछि चार किसिमका रोलरहरु पिचमा प्रयोग गर्‍याै‌ं । सानो देखि हेवीवेट रोलरसम्म लगायौं । पिचमा पानी हारेर छेउछेउबाट रोलर लगाएर पिच बस्दै गएको थियो । यस्तैमा पिच खेल्न योग्य हुन्छ भनेर निकै ढुक्क थिए । प्रतियोगिता सुरु हुन भन्दा दुई दिन अगाडी मैले आफ्नो सहयोगीलाई भाई पिचमा हल्का पानी हाल भनेर भने, त्यसको आधा घण्टा पछि तीन टनको हेवी रोलर लगाएर हेरौं न पिचले कस्तो ब्यवहार गर्छ भनेर भनेर लगाउन लाए ।

छेउ छेउबाट रोलर लगाउँदै जाँदा पिचको विचमा रोलर स्लिप खायो भनेर त्यो भाइले भन्यो, मैले के भन्छ भनेर पत्याइन, होइन होला भन्दा हो दाई रोलर स्लिप खाइरहेको छ भन्यो, पनि आफैले हेर्दा साच्चि कै रहेछ ।

पिच बनाउँदा भएको गल्ति

क्युरेटर पाण्डेले भने, मैले पिच बनाउदा एउटा गल्ति के गरे भने यो मैदान पहिले डंम्पिङ साइट हो । यहाँ जहाँबाट पनि ग्यास आउन सक्छ । पुरानो डम्पिङ साइट भएकाले पिचको बेस बनाउदा ५ फिटतल जानुपर्ने थियो, मैले दुई फिटबाट सुरु गरे । र पिच बनाउदा ग्यास आउछ भन्ने होस नै थिएन, र पिचको साइडमा ग्यास बाहिर जानका लागि पाइप राख्नुपर्ने थियो, त्यो राख्न विर्सिए ।

पहिलेको डम्पिङ साइड भएकाले पिचको विच भागमा अचानक ग्यास निस्कियो र पिच नै ल्यास्स हुन थाल्यो । तयार भएको पिचले यस्तो ब्यवहार देखाएपछि निकै आत्तिए । ल बरवाद भयो भनेर साइडमा टाउकोमा हात राखेर बसे, खुट्टा लगलग कापिरहेको थियो । के गर्ने केहि दिमागमा आएन । मैले तत्काल बुवा (कोमल पाण्डे)लाई फोन गरे, मुलपानीको पिचमा यस्तो यस्तो भयो, के गर्ने भनेर । उनले भनेको सल्लाह अनुसार सबै गरेको थिए, तर पनि ग्यास निस्केर पिचको अवस्था निकै फरक थियो ।

१५ दिनमा बल राम्रोसँग बाउन्स हुने अवस्थामा पिच भइसकेको थियो । खेलाडीलाई राम्रोसँग खेल्न मिल्ने पिच बनिसकेको थियो । मैले पिचको डेप्थ पनि नापेको थिए । तर अन्तिम समयमा यस्तो भएपछि अब के गर्ने भनेर रातभर सोचे, अर्को दिन प्रतियोगिता आयोजकलाई खवर गरे । सबै जानकारी गराए । पिच बनिरहेको र यसको हरेक दिनको अवस्था सबैलाई थाहा थियो ।

परिषद्का सदस्यसचिव केशव विष्ट सहित सबै मैदानमा आएर हेरे र पिच खेल्न मिल्ने अवस्था थिएन । त्यसपछि फेरी आयोजकका पदाधिकारीहरु सबै छलफलमा बसे । हरेक टिमका कप्तान र प्रशिक्षकलाई राखेर पिचको अवस्थाका बारेमा जानकारी गराइयो । तर त्यो बेलासम्म ग्यास निस्किसकेको थियो । खेल्न सकिने अवस्था भने थियो । तर राष्ट्रिय प्रतियोगितामा यस्तो पिच कसरी प्रयोग गर्ने भनेर प्रश्न उठेपछि म्याटको विकल्प निस्किएको हो ।

बैठकमा सबै टिमका प्रशिक्षक र कप्तानले टर्फ नभए म्याटमा खेल्न ठिक छ भनेर साइन गरे । पिचले अन्तिममा धोका दिएपछि मुलपानीमा हुने भनिएको उद्घाटन समारोह कीर्तिपुरमा सार्नुपर्यो ।

जीवनमा पहिलो पटक यस्तो ठुलो धोका मैले खाए । यसमा केहि हदसम्म मेरो टिम पनि दोषी छ । कारण ग्यासको ख्याल नगरेर । तर अब प्रतियोगिता सकिएपछि यस पिचलाई उत्कृष्ट बनाउने छु । अब पाठ पनि सिकियो । परिषद्ले पनि एक पटकलाई सहयोग नै गरेको हो ।
कुल २७ लाख रुपैयाँ बजेट रहेको मुलपानीको तल्लो मैदानको पिचमा अहिले दुई वटा बनेका छन । तर मैदानमा कुल सात वटा पिच बनाइनेछ ।
मुलपानी मैदानमा म्याटमा राष्ट्रिय प्रतियोगिता खेलायो भनेर नकारात्मक प्रचार भएपछि के भएको हो आखिरमा भनेर बुझ्दा क्युरेटर पाण्डेले बताएको कुरा हो यो ।

अब यतिबेला म्याट विकेटमा प्रतियोगिता भइरहेको छ । खेलाडीहरु पनि कुनै संकोच नमानी खेलिरहेका छन् ।

Post Add 1025X115
Loading...