एभरेष्ट म्याराथनमा नेपाली धावककाे बर्चश्व

0

तेन्जिङ हिलारी एभरेष्ट म्याराथनको खुल्ला तर्फको उपाधि नेपालका सुमन कुलुङले जितेका छन । उनले ३ घण्टा ४७ मिनेट १६ सेकेण्डमा दुरी पुरा गर्दै पहिलो भए । दोस्रो स्थानमा रहेका कपिल्देर बुढाले तीन घण्टा ५६ मिनेट १० सेकेण्डको समय लगाए । तेस्रो स्थानमा रामकुमार राजभण्डारी रहे । उनले तीन घण्टा ५८ मिनेटमा दुरी पार गरे ।

महिला तर्फको उपाधि जित्ने क्रममा सुनमाया बुढाले ५ घण्टा तीन मिनेट चार सेकेण्डमा पुरा गरे । दोस्रो स्थानमा रोजीना भण्डारी रहिन । उनले ५ घण्टा २४ मिनेट १२ सेकेण्डमा पुरा गरिन । तेस्रो स्थानमा रहेकी हुमी बुढामगरले ५ घण्टा २९ मिनेट १५ सेकेण्डमा पुरा गरिन ।


यस्तै ६० किलोमिटर अल्ट्रा रेसको उपाधि किरन कुलुङले जिते । उनले सात घण्टा १४ मिनेट १० सेकेण्डमा दुरी पुरा गरे । दोस्रो स्थानमा रहेका अर्जुन कुलुङ राईले सात घण्टा १४ मिनेट १५ सेकेण्डमा पुरा गरे । तेस्रो स्थानमा आर्मीका पुर्ण तामाङ रहे । उनले सात घण्टा २७ मिनेट ४६ मिनेटमा पुरा गरे ।

अन्तराष्ट्रिय विधा तर्फको खुल्लामा भारतीय आर्मीका सोनाम फुन्तोक पहिलो भए । उनले दुरी ५ घण्टा ४८ मिनेटमा पुरा गरे । दोस्रो स्थानमा लिथ्वानियाका रिमास जाभिसुस रहे । उनले दुरी ५ घण्टा ४८ मिनेट ५ सेकेण्डमा पुरा गरे । तेस्रो स्थानमा भारतीय आर्मीका अमित चौहान रहे । उनले ६ घण्टा २२ मिनेट ३९ सेकेण्डमा पार गरे ।

प्रतियोगिताको हाफ म्याराथनको उपाधि बेलायतका एलेजान्देर विलियम जालान्दले जिते । उनले दुरी तीन घण्टा १६ मिनेट ४८ सेकेण्डमा पुरा गरे । दोस्रो स्थानमा ब्राजिलका कार्लोस रोचाले जिते । उनले तीन घण्टा ४२ मिनेट ५० सेकेण्डमा पुरा गरे । तेस्रो स्थानमा रहेका भारतका जेरोमी लियोडले तीन घण्टा ४४ मिनेट ५५ सेकेण्डमा पुरा गरे ।

अन्नपुर्ण बेसक्याम्पमा भएको रेसमा स्वदेशी तथा विदेशी धावकको सहभागिता रहेको थियो ।

Post Add 1025X115
Loading...