२७ बर्षकाे खडेरी ताेड्ने लक्ष्यमा पाकिस्तान, स‌‌म्भावना भन्दा चुनाैती धेरै

0

सन् १९९२ को विश्वकपको उपाधि जितेपछि पाकिस्तानले एकदिवशीय क्रिकेटको महारथ सफलता हान नपारेको २७ वर्ष भएको छ । त्यसबेलाका कप्तान इमरान खानको नेतृत्वमा पाकिस्तानले विश्वकपको उपाधि उचालेको थियो । त्यसपछि पनि सन् १९९९ मा पाकिस्तान फाइनलमा पुगेर पराजित भएको थियो ।

यो वर्ष पाकिस्तान टिममा फेरबदल हुँदै आएको छ । कप्तान सरफराज अहमदको नेतृत्वमा रहेको टिमले समय समयमा खेलाडी परिवार्तन गर्दै आएको छ । विश्वकप खेल्नु केही दिनअघिमात्र पाकिस्तानले इंग्ल्याण्डमा एक दिवशीय सिरिज खेलेको थियो । जसमा पाहुना टोली ४–० ले पराजित भएको थियो । सो खेलमा खराब प्रदर्शन गरेका कारण पाकिस्तानले विश्वकप टिम घोषणा गर्दा तीनवटा परिवर्तन गर्यो ।

टिमका खेलाडी जस्तो भएपनि पाकिस्तान टिम सँधै ‘सरप्राइज’ प्याकेज हुँदै आएको छ । सन् १९९२ को विश्वकप जित्दा पाकिस्तान फाइनलमा पुग्छ भन्ने अनुमान समेत थिएन । भाग्यले साथ दिएपछि नकआउट चरणमा पुगेको पाकिस्तानले उपाधि नै जित्यो । दुई वर्षअघि भएको च्याम्पियन्स ट्रफीमा पनि पाकिस्तानलाई कमजोर सोचिएको थियो । तर, पाकिस्तानले त्यसबेला पनि सबै क्रिकेट प्रेमीलाई सरप्राइज दियो ।

बास्तविकताको कुरा गर्दा पाकिस्तानबाट कसैले पनि केही अपेक्षा गरेका छैनन् । पाकिस्तानी समर्थकले पनि जितको कामना भन्दा बढी केही सोच्न सकेका छैनन् । तर, पाकिस्तानको टिम वर्कले प्रतियोगितामा धेरै अघि लैजान सक्नेछ । पाकिस्तानको पहिलो चुनौती लिग चरण हुनेछ । यदी लिग चरणबाट निस्किएको खण्डमा उसले धमाका मच्चाउन सक्नेछ । हालै सम्पन्न एक दिवशीय सिरिजमा पाकिस्तानले ३०० रनभन्दा माथिको योगफल बनाउन वा लक्ष्य पछ्याउन सक्षम रहेको प्रमाणित गरिसकेको छ । पाकिस्तानको योगफलमा सबैभन्दा बढी योगदान बाबर आजमको रहँदै आएको छ ।

आईसीसी वरियता क्रमको सातौं स्थानमा रहेका आजम तीन नम्बरमा ब्याटिङ गर्दछन् । उनीभन्दा अघि फाखर जमान र इमाम उल हक पनि पाकिस्तानको इनिङमा महत्वपूर्ण योगदान दिन सक्नेछन् । बलिङतर्फ हसन अलिको प्रदर्शन पाकिस्तानी टिममा महत्वपूर्ण रहनेछ । अर्का खेलाडी शाहिन अफ्रिदीले पनि उत्कृष्ट बलिङ गर्न सक्नेछन् । उनको उचाइका कारण कुनै पनि टिमलाई सामना गर्न कठीन हुनेछ ।

यस्तै मोहम्मद आमिरको पुनरागमन र स्पीर शदाब खानको भुमिका पाकिस्तानी बलिङको बलियो पक्ष हुन सक्नेछ । पाकिस्तानले मे ३१ मा वेष्ट इण्डिजविरुद्धको खेलबाट एक दिवशीय विश्वकपको अभियान शुरु गर्नेछन् । त्यसपछि जुन ३ मा इंग्ल्याण्डसँग खेलेपछि पाकिस्तानले जुन ७ मा श्रीलंकासँग खेल्नेछ । यस्तै जुन १२ मा अष्ट्रेलियासँग, १६ मा भारतसँग, २३ मा दक्षिण अफ्रिकासँग, २६ मा न्यूजिल्याण्डसँग, २९ मा अफगानिस्तानसँग र जुलाई ५ मा बंगलादेशसँग प्रतिष्पर्धा गर्नेछ ।

पाकिस्तान टिम:

शरफराज अहमेद, आशिफ अलि, बाबर आजम, फाखर जमान, हरिस सोहिल, हसन अलि, इमाद वासिम, इमाम उल हक, मोहम्मद आमिर, मोहम्मद हाफिज, मोहम्मद हस्नइन, शदाब खान, शाहिन अफ्रिदी, शोहिब मल्कि, वाहब रियाज

प्रशिक्षकः मिकी अर्थर

Post Add 1025X115
Loading...