सागका लागि ७ खेलकाे विशेष प्रशिक्षण आजबाट, कराते र तेक्वान्दाे लगायत बाँकिकाे कहिले ?

0

दक्षिण एशियाली खेलकुद सागको विशेष प्रशिक्षण आजबाट सुरु हुँदैछ । डिसेम्बरमा हुने सागका तयारीका लागि सात खेलको विशेष प्रशिक्षण आजबाट सुरु गरिने भनिएपनि पदकको आशा गरिएका कराते र तेक्वान्दोको प्रशिक्षण भने कहिले हुने हो त्यसको टुंगो छैन ।

सागमा २० वटा भन्दा बढी पदक जितीसकेको कराँतेको विवाद समाधान भइसकेपनि अन्तिममा कराते महासंघले गठन गरेको छनोट समितीको लापरवाहीका कारण सुरुवाती तयारीमा कराते पर्न सकेन ।

यता तेक्वान्दोको विवाद भने अझै समाधान हुन सकेको छैन । बारम्बार दुबै संघलाई एक बनाउने प्रयास भएपनि दुबै संघले आफ्नो ढिपी नछोडेका कारण उनीहरुको विवाद अझैपनि कायमै छ ।

नेपालमा हुने सागमा २७ खेल राख्ने योजना छ । यो तयारीपनि जेठको पहिलो साताबाट नै गर्ने बताइएपनि १५ दिन ढिलो भइसकेको छ । यसमा पनि पहिलो चरणमा टेबल टेनिस, प्याराग्लाइडिङ, सुटिङ, जुडो, भारत्तोलन, आर्चरी र स्वास खेलका मात्र प्रशिक्षण सुरु हुनेछ ।

बाँकी २० खेलको प्रशिक्षण चाँडो भन्दा चाँडो गर्ने परिषदले बताएको छ । यी सात खेलको प्रशिक्षणका लागि परिषद्ले विशेष योजना बनाएको छ । पदकको आशा गरिएका अरु खेल उसु, जिम्नास्टिक, क्रिकेट, फुटबल लगायतको प्रशिक्षणका लागि माहोल मिल्न बाँकि नै रहेको छ ।

Post Add 1025X115
Loading...