महिला लिगकाे फरम्याट परिवर्तन, भदाैमा सुरू भएर माघमा सकिने

0

उपराष्ट्रपति कप महिला लिग फुटबल प्रतियोगिताकाे तालिका परिमार्जित भएकाे छ । एन्फाले महिला लिग पनि अब देखि लामाे समय चलाउने गरि परिमार्जन गरेकाे हाे । आगामी भदौबाट सुरू हुने याे प्रतियाेगिता ६ महिना चल्ने भएकाे छ ।

एन्फाले तालिका परिमार्जन गरी नयाँ फरम्याटमा गर्ने भएकाे हाे । यसअघि महिला लिगका नाममा एक साताकाे प्रतियाेगिता गरिदै अाएकाे थियाे । जसमा खेलाडी निकै असन्तुष्ट रहेका थिए । भदौ २० गतेबाट सुरू हुने लिग माघकाे अन्तिममा सकिने छ ।

जसमा ७ प्रदेश र तीन विभागीय टोली गरी लिगमा १० टोली सहभागी हुनेछन् । डबल राउण्ड रोबिन लिगका आधारमा सञ्‍चालन हुने याे लिगले महिला फुटबलमा ठुलाे टेवा पुग्ने विश्वास गरिएकाे छ ।

नेपालमा पुरूषकाे तुलनामा महिला लिगलाइ ब्यवास्था गरेकाे अाराेप लाग्दै अाएकाे थियाे । अब याे लिगले खेलाडीलाइ केहि राहत पुगेकाे छ ।

Post Add 1025X115
Loading...