म्याटमा खेल्नु खेलाडीकाे बाध्यता – ज्ञानेन्द्र मल्ल

0

नेपाली राष्ट्रिय क्रिकेट टिमका उपकप्तान ज्ञानेन्द्र मल्लले प्रधानमन्त्री कप एकदिवसिय क्रिकेट प्रतियोगिता म्याटमा खेलाउनु आयोजकको कमजोरी रहेको र राम्रोसँग तयारी गरेर गरेको भए अझ राम्रो हुने बताए ।

साथै उनले आयोजकले जसरी खेलायो त्यसमा खेलाडीले खेल्नुपर्ने बताए । तयारी किन कमजोर भयो भन्ने प्रश्नमा उनले आयोजकले यसको जवाफ राम्रोसँग दिने बताए । यसका साथै उनले मुलपानीमा क्रिकेटको सुरुवात हुनु राम्रो पक्ष भएपनि यसलाई राम्रोसाग तयारी गरेर गरेको भए राम्रो हुने बताए । यस्तै उनले म्याटमा खेल्नु नराम्रो नभएपनि खेलाडीको प्रदर्शनमा भने असर गर्ने बताए ।

Post Add 1025X115
Loading...