पारसको चेतावनी ‘अर्को पटकदेखि एउटै प्रतियोगिता म्याट र पिचमा नहोस’

0

काठमाडौं, १३ जेठ । नेपाली क्रिकेटमा टी–२० फर्म्याटका खेलहरु भइरहन्छन् । तर एक दिवसीय क्रिकेट औंलामा गन्दा १ भन्दा माथि जान सक्ने अवस्था छैन् ।

क्यान निलम्बनमा रहेकाले एक दिवसीय क्रिकेट प्रतियोगिता आयोजना गर्ने जिम्मेवारी राष्ट्रिय खेलकूद परिषद् राखेपले लिएको छ । राखेपले वर्षेनी प्रधानमन्त्री कप एक दिवसीय क्रिकेटको आयोजना गर्दै आएको छ ।

अहिले तेस्रो संस्करण सम्म आईपुग्दा खेलाडीले खेल्ने वातावरण भने पहिलो संस्करणमा जस्तै छ । पहिलो संस्करणमा टियू मैदान कीर्तिपुरमा मात्रै खेल सञ्चालन हुँदा दोस्रो संस्करणदेखि मुलपानी र टियू मैदानमा भए ।

दोस्रो संस्करणमा मुलपानीको माथिल्लो मैदानमा खेल भएको थियो भने अहिले तल्लो मैदानमा भएको छ । माथिल्लो मैदानमा प्रतियोगिता हुँदा वर्षाले मैदान डुवाएपछि खेलाडीहरु नै फर्म लिएर मैदानको पानी फाल्न कसिएका थिए भने अहिले तल्लो मैदानमा हुँदा अन्तिम समयमा पिच तयार नभएपछि हतार हतार म्याटमा प्रतियोगिता गराइएको छ ।

एउटै प्रतियोगिता कीर्तिपुरमा पिचमा हुने र मुलपानीमा म्याटमा हुँदा खेलाडीहरुलाई एडजस्ट गर्न पनि गाह्रो छ । नेपाली राष्ट्रिय टिमका कप्तान समेत रेहका पारस खड्काले अहिले प्रदेश तीनका पनि प्रतिनिधित्व गरेका छन् ।

उनले सोमबार मुलपानी मैदानमा भएको खेलपछि सञ्चारकर्मीसँग कुरा गर्दै यस्तो प्रतिक्रिया दिएका छन् । ‘मुलपानीको मैदानमा खेल्ने भन्दा हामी उत्साहित थियौं । यो मैदान तयार गर्नकालागि काम भइरहेको थियो । तर अपेक्षा गरे अनुसार हुन सकेन त्यही पनि हामी म्याटमा खेलिरहेका छौं । हामीले पनि आरोप लगाएको जस्तो मात्रै हुन्छ । तर यसको जिम्मेवार व्यक्ति को त, त्यसैले यसपटक म्याटमा भए पनि मुलपानीको तल्लो मैदानमा खेल शुरु भएको छ एक हद सम्म राम्रो नै मान्नु पर्ने हुन्छ । आगामी दिनमा यस्तो नहोस । मैदानका साथै पिच पनि राम्रो होस । अहिले एउटा प्रतियोगिता पिचमा भइरहेको छ अर्को प्रतियोगिता म्याटमा भइरहेको छ त्यसले पनि धेरै कुराहरु फरक पार्छ । अन्तर्राष्ट्रिय मापदण्डको कुरा गर्ने हो भने मैदान त्यस अनुसार तयार भइसकेको छैन् । आशा गरौं अहिले पूर्वाधारहरु केही छन् अझै मेहनत गर्ने हो भने आगामी दिनमा अन्तर्राष्ट्रिय स्तरको हुने छ । ’

यसरी खेल्दा खेलाडीको प्रदर्शनमा कत्तिको असर गर्छ भन्ने जिज्ञाषामा कप्तान खड्काको जवाफ थियो । ‘अहिले ब्याटिङका लागि उपयुक्त छैन । बल पनि बाउन्स छ भने आउट फिल्ड पनि फास्ट छैन् । तर हामीसँग अरु कुनै उपाय नभएकाले पनि एडजस्ट गर्नै पर्छ । यो प्रतियोगिताका लागि मैदानको विषयमा कुरा गर्दा ढिला भइसकेको छ । अर्को गेमलाई पनि चाँही बनाउन पर्छ । ’

राखेपका सदस्य सचिवक केशबकुमार विष्टले मुलपानी मैदान अहिले परिक्षण गरिएको उद्घाटन नभएको बताएका थिए ।

फेरि कप्तान खड्काले पनि म्याटमा खेल्दा केही फरक पर्दैन भनेर जवाफ दिएकाले यहाँ खेल खेलाउन शुरु गरिएको भन्ने विष्टले जवाफ दिएको विषयमा कप्तान खड्कालाई सोध्दा उनले भने ‘ मथिल्लो मैदानमा खेलेका थियौं । मलाई तल्लो मैदानको बारेमा थाहा थिएन । यसको विषयमा आयोजकले जवाफ दिनु पर्ने हो की, क्यूरेटरले जवाफ दिनु पर्ने हो की राखेपले जवाफ दिनु पर्ने हो की, प्रश्नहरु धेरै छन् । विवाद शृजना गर्नका लागि हामीलाई सजिलो छ यो भएन त्यो भएन भनेर भन्न । मेरो विचारमा यो गल्ती नदोहारियोस ।’

 

Post Add 1025X115
Loading...